काठमाडौं । जर्मनीको बहुराष्ट्रिय मोटर निर्माता कम्पनी तथा मोटर कार ब्राण्ड भक्सवेगेनको नेपालकालागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपालले ‘फक्सवेगेन-एक्स्चेन्ज-कार्निभल’ शुरु गरेको छ । यस कार्निभलमा आफूसँग भएका जुनसुकै ब्राण्डका पूराना गाडीहरु नेपालमा उपलब्ध भक्सवेगनको पोलो, भेन्टो, बीटल र टिगुअन सहित सबै मोडलहरुमा एक्स्चेन्ज अफर लागू गरिने छ ।

कम्पनीले प्रत्येक गाडीको बुकिङ्गमा हरेक दम्पत्तिलाई थाइलेण्ड भ्रमण गराउने तथा एक जनालाई भाग्यशाली चिट्ठाबाट यूरोप भ्रमणको अवसर प्राप्त गराउने छ । कार्निभलमा गाडीको बुकिङ्ग गर्ने ग्राहकहरुलाई पूर्व मिस नेपालद्वारा स्वागत गरि महिलाहरुकालागि निशुल्क सेफ्टी ड्राइभिङ्ग तालिम र एशेसरिज उपलब्ध गराउनुका साथै पुरानो गाडीको मूल्याङ्कनमा अधिकतम मूल्य उपलब्ध गराइने छ ।
कार्निभलमा अवलोकन गर्ने सम्पूर्ण आगन्तुक महानुभावहरुलाई निशुल्क कार–बस सेवा प्रदान गरिने छ । यसका अतिरिक्त ग्राहकहरुको सुबिधाको लागि फुड-स्टल, जादू कार्यक्रम, एक्स्चेन्ज बोनस र टेस्ट ड्राइभ गर्नेहरुलाई विशेष उपहार उपलब्ध गराइने छ ।
फक्सवेगेनका गाडीहरुमा दुई वर्ष सम्म असिमित वारेण्टि दिइने हुनाले बजारमा उपलब्ध अन्य कम्पनीका गाडीहरु भन्दा फक्सवेगनका गाडीहरु उपभाभोक्ता-मैत्री रहेको कम्पनीले दावी गर्दै आएको छ । यस कार्निभल यही माघ १५ गतेदेखि २१ गतेसम्म फक्सवेगेनका थापाथली र पानीपोखरी स्थित आधिकारिक बिक्री केन्द्रहरुमा चल्ने छ ।