गरिमा विकास बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

<p>काठमाडौं । गरिमा विकास बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामार्फत बुम रेमिट मार्फत नेपालीले विदेशबाट नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम(रेमिट्यान्स) गरिमा विकास बैंकका ३७ वटा शाखाहरु मार्फत [&hellip;]</p>

garima_logoकाठमाडौं । गरिमा विकास बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतामार्फत बुम रेमिट मार्फत नेपालीले विदेशबाट नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम(रेमिट्यान्स) गरिमा विकास बैंकका ३७ वटा शाखाहरु मार्फत भुक्तानी गर्न पाउने छन् । साथै, बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडै नै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएको छ ।

Share News