२५ प्रतिशत लाभांश दिने साल्ट ट्रेडिङकाे निणर्य, बजारमा सेयर किन्नेको भीड, बेच्ने कोही छैन

<p>काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेसनले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेकोे हो । २५ लाभांश दिने कम्पनीको निर्णयसँगै मंगलबारको सेयर बजारमा सेयर किन्नेको भीड लागेको [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेसनले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेकोे हो ।

stc_marketdepth

२५ लाभांश दिने कम्पनीको निर्णयसँगै मंगलबारको सेयर बजारमा सेयर किन्नेको भीड लागेको छ । बजारमा कम्पनीको २४ हजार कित्ता सेयर किन्नेको भीड लागेको छ तर सेयर बेच्ने कोही छैन । बजारमा १५९५० कित्ता सेयर प्रतिकित्ता २४३ रुपैयाँमा, १०० कित्ता सेयर प्रतिकित्ता २३९ रुपैयाँमा र एक हजार कित्ता सेयर प्रतिकित्ता २३५ रुपैयाँमा किन्नेको भीड लागेको छ ।

कम्पनीको प्रश्तावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पूँजी ८ करोड १६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ९ करोड ८० लाख रुपैयाँ नाघ्ने छ ।

Share News