पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको घोषणा, नयाँ एटीआर साताभित्रै ल्याउँदै

<p>काठमाडौं १८, माघ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरमा भएको लिट्रेचर फेस्टिवलमार्फत आफ्नो महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् । उनले पोखराबाट भारत, युएई, ग्वान्जाओ उडान गर्न अध्ययन गरिरहेको बताएका छन् । उनका अनुसार [&hellip;]</p>

काठमाडौं १८, माघ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरमा भएको लिट्रेचर फेस्टिवलमार्फत आफ्नो महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् । उनले पोखराबाट भारत, युएई, ग्वान्जाओ उडान गर्न अध्ययन गरिरहेको बताएका छन् ।

buddha-air-atr

उनका अनुसार पर्यटक आउने बढ्ने क्रम रहेको र पोखरा विमानस्थबाट उडान गर्न सकिने विषयमा अध्ययन गरिरहेको उल्लेख छ । बुद्धले हाल ४ हजार यात्रुलाई दैनिक सेवा दिइरहेकोले पनि आगामी चार वर्षमा नै दुईवटा बोइङ वा सो सरहको क्षतमतको जहाज संचालन गर्ने गरी अध्ययन गरिरहेको बताए । उनका अनुसार बुद्धले दुईवटा जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा आवश्यक तयारी गरिरहेको पनि उल्लेख छ ।

बुद्धले अन्तर्राष्ट्रिय उडानको संम्भाव्यता अध्ययन गर्ने र उडान सुरु गर्ने विषयमा पनि आन्तरिक कार्ययोजना बनाइरहेको उल्लेख छ । ‘पोखरामा दैनिक एक हजार पर्यटक भित्र्याउनु ठूलो योजना होइन’, उनल भने ‘हामीले एक कन्सल्यान्ट मार्फत अन्तर्राष्ट्रिय उडानको लागि अध्ययन पनि गरिरहेका छौ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय उडान संचालन गर्न उचित व्यवस्थापन गर्न नसके अर्बपतिबाट एकैपटक करोडपति हुनु पर्ने अवस्था आउँछ । दैनिक एक हजार पर्यटक नियमित पोखरा आउँछन भने अन्तर्राष्ट्रिय उडान संचालन गर्नु कुनै ठूलो कुरा पनि नभएको बस्नेतको भनाइ छ ।

यस अघि पनि बुद्धले चार वर्ष अगाडि पोखराबाट भारतको दिल्ली र लखनउसम्म सीधा उडान तयारी थालेको थियो । पोखराबाट दिल्ली जान एक घन्टा ४५ मिनेट लाग्ने भए पनि फर्कंदा भैरहवाबाट सीधै प्रवेश गर्न नपाउँदा ३३ मिनेट समय बढी लाग्ने हुँदा लागत बढेको कारण बुद्धले उडान रोकेको थियो ।

समस्या हवाई रुटमा

हवाई रुटको टुंगो नलाग्दा बुद्ध एयरलाई नेपाल प्रवेश भैरहवाको रुट नपाउनु र सिमरा हुँदै आउनुपर्ने हुन्छ । उसले भैरहवाबाट सीधै आउने अनुमति मागेको भएपनि यो रुट खुला नै भएको छैन ।

यो रुटबाट अझै पनि भारतले अनुमति निदएको र पर्यटन मन्त्रालयले भने पहल जारी गरिरहेको छ । उडान दूरी र खर्च दुवैले समस्या भएका कारण बुद्धले आफ्नो तय भैसकेको उडान पनि रद्ध गरेको थियो । पोखरा आउन भारतको अप्पी हुँदै भैरहवा आउने हवाई रुट नपाएपछि खर्च धान्न नसक्ने निष्कर्ष निकाल्दै बुद्धले पोखराबाट भारतको दिल्ली उडानको तालिका नै तय गरेर पनि उडान कार्यक्रम रद्द गरेको थियो । भारत र अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा पोखरा जानआउन अहिले पनि सिमराबाट काठमाडौं हुँदै पोखराको हवाई रुट प्रयोग गर्नुपर्ने वाध्यता छ ।

अहिलेसम्म पनि पोखरा र भैरहवा विमानस्थलका लागि अत्यावश्यक हवाई रुटको कुनै टुंगो लागेको छैन । यी दुवै विमानस्थलको रूट तय नै नभइ निर्माण भने भइरहेको छ । यसले गर्दा विमानस्थल निर्माणपछि सञ्चालन गर्न समस्या हुनसक्ने पनि उल्लेख छ । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने हवाई रुट खुला गर्ने र यही फेब्रुअरीमा हुने बैठकबाट हवाई रुट खुला हुनेमा विश्वस्त छौं । मन्त्रालयका सहसचिव सुरेश आचार्यले भारत हवाई रुट दिन सकारात्मक रहेको बताएका पनि छन् ।

‘भैरहवाबाट प्रवेश बिन्दु माग्दा गौतमबुद्ध विमानस्थल नजिक सीमापारी गोरखपुर आर्मी ब्यारेक र नेपालगन्ज नजिक बरौनी आर्मी क्याम्प रहेको भन्दै भारतले नेपालका हवाई रुटको अनुमति नदिएको उल्लेख छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय सेनाको क्याम्प भएको र भातरतले आफैले पनि ५/७ नटिकल माइल टाढाबाट उडान गर्ने गरेका कारण नेपालाई रुट दिन समस्या भएको उल्लेख छ ।

जबसम्म भैरहवा र नेपालगन्ज प्रवेश गर्ने हवाई रुट पाइँदैन तबसम्म भैरहवा, पोखरा र निजगढ विमानस्थल सञ्चालन हुनै नसक्ने तर्क पनि सम्वन्धित वायुसेवा कम्पनीकै भनाइ छ ।

buddha---air
नयाँ एटीआर एकसाताभित्रै
बुद्ध एयरले नयाँ ७२ सिट क्षमताको एटीआर जहाज एक साताभित्रै ल्याउने भएको छ । बुद्धले पर्यटन मन्त्रालयबाट अनुमति पाइसकेको र नागरिक उड्डयन प्राधिकरयाले पनि यसका जहाज थप गर्न अनुमति दिएका कारण बुद्ध एयरका अपरेशन निर्देशक सुवर्ण खरेल जहाज लिन गैसकेका छन् । आन्तरिक वायुसेवा कम्पनी बुद्ध र यति एयर आक्रामक बजार बिस्तारमा रहेको र दुईवटा जहाज थप गर्ने रणनीतिसमेत स्वीकृत गरिसकेको छ ।

यो वायुसेवाले ७२ सिट क्षमताको एटीचार ७२—५०० नामक जहाज ल्याउन लागेको हो । यो वायुसेवाले आगामी एक साता भित्रमा नै एउटा एटीआर जहाज ल्याउने भएको छ । यो वायुसेवाले जहाज ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको र जहाज लिन अपरेशन विभागका निर्देशक गैसकेको पनि बुद्धले जानकारी दिएको छ ।

बुद्धले थप गर्न लागेको दुईवटा एटीआर मध्ये एउटा एक साताभित्रमा र त्यसपछिको ६ महिनामा अर्को जहाज ल्याउने भएको छ । हाल बुद्ध एयरसँग ४७ सिट क्षमताको तीन र ७२ सिट क्षमतको २ वटा एटिआर जहाज रहेको छ । नयाँ दुई वटा थप भएपनि ७२ सिट क्षमतकै ५ वटा हुने छ ।

Share News