राष्ट्रिय वाणिज्य बैंकको डीईओ बने रामकुमार थापा

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृत (डीईओ) मा रामकुमार थापा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको गत साउन ३ गतेको निर्णयअनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप-कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हाे । विसं. २०५४ सालमा शाखा अधिकृत (तह ७) को रूपमा तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृत (डीईओ) मा रामकुमार थापा नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको गत साउन ३ गतेको निर्णयअनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप-कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हाे ।

विसं. २०५४ सालमा शाखा अधिकृत (तह ७) को रूपमा तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।

Share News