टेकु अस्पतालबाट भागेका ३ जनामा हैजा पुष्टि

<p>काठमाडौं । टेकु अस्पतालबाट भागेका ३ जनामा हैजा पुष्टि भएको छ । हैजा हुनसक्ने आशंका गरी परीक्षण गर्दा तीनै जनामा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनीहरू तीनैजना बुधबार अस्पतालबाट भागेका थिए । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक किशोरमा हैजा पुष्टि हुँदा बाँकी ३ जनालाई [&hellip;]</p>

काठमाडौं । टेकु अस्पतालबाट भागेका ३ जनामा हैजा पुष्टि भएको छ । हैजा हुनसक्ने आशंका गरी परीक्षण गर्दा तीनै जनामा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनीहरू तीनैजना बुधबार अस्पतालबाट भागेका थिए । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक किशोरमा हैजा पुष्टि हुँदा बाँकी ३ जनालाई पनि हैजाको आशंका गर्दै अस्पतालमा राखिएको थियो ।

भागेका तीनैजना भने सम्पर्कमा आइसकेको अस्पतालले जनाएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हैजा संक्रमक रोग भएकाले एक जनालाई देखियो भने सँगै बस्ने अरुलाई उत्तिमै जोखिम हुने बताउँछन् ।

उनी भन्छन्, ‘अझै अरु धेरैलाई पनि यो संक्रमण भइसकेको हुनुपर्छ, तर यसका लागि भाग्नुपर्ने डराउनुपर्ने कुरा होइन ।’

सरसफाइको कमी र दूषित पानि खानेकुराले यो रोग देखापर्छ । समयमै उपचार पाउँदा निको हुने भएकाले यसमा डराउनु नपर्ने उनी बताउँछन् ।

योभन्दा अघि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक किशोरमा हैजा पुष्टि भइसकेको छ ।

Share News