सुन आयातको कोटा बढ्यो, १५ किलोको सीमा दैनिक २० किलोसम्म पुग्यो

<p>काठमाडौं १८, माघ । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ । सुनको माग अत्याधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो। वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो । माग अनुसार कोटा अझै २५ किजी आवश्यक छ । यसअघि दैनिक [&hellip;]</p>

Gold bars

Gold bars

काठमाडौं १८, माघ । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ ।

सुनको माग अत्याधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो।

वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो । माग अनुसार कोटा अझै २५ किजी आवश्यक छ ।

यसअघि दैनिक १५ किलोमात्रै ल्याउन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ ।

वाणिज्य बैंकहरुले पालैपालो दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । कान्तिपुर दैनिकबाट ।

Share News