ललितपुर मोबाइल एक्स्पो ’फोरजी’ मय बन्दै, नयाँ प्रविधि र नयाँ मोडलमा ग्राहकको रुची

<p>ललितपुर । ललितपुरमा जारी मोबाइल एक्स्पो सोमबारदेखि फोरजी मय भएको छ । नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनमा ग्राहकहरुको बढी रुची देखिएकाले सोमबारदेखि फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गर्ने योजना अघि सारेको आयोजकले बताएका छन् । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने नाराका साथ शुरु भएको मोबाइल एक्स्पोमा कम्प्लेक्सले आजदेखि फोरजीका स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री [&hellip;]</p>

ललितपुर । ललितपुरमा जारी मोबाइल एक्स्पो सोमबारदेखि फोरजी मय भएको छ । नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनमा ग्राहकहरुको बढी रुची देखिएकाले सोमबारदेखि फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गर्ने योजना अघि सारेको आयोजकले बताएका छन् ।

lalitpur_mobile_mela

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने नाराका साथ शुरु भएको मोबाइल एक्स्पोमा कम्प्लेक्सले आजदेखि फोरजीका स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री गरेको छ । उक्त एक्स्पोमा फोरजी प्रविधिका विभिन्न फोनहरु राखिएको छ । माघ १४ गतेदेखि शुरु भएको मोबाइल एक्स्पो माघ २२ गतेसम्म चल्ने आयोजकले जनाएका छन् ।

सो एक्स्पोलाई सोमबार फोरजीमय एक्स्पोको घोषणा गरिएको छ । पछिल्लो प्रविधि फोरजी नेपालमा भित्रिएको हुँदा ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्ने गरि सो घोषण गरिएको हो । साथै, आयोजकका अनुसार एक्पोमा विभिन्न ब्राण्डका फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गरिने छन् ।

ललितपूर कम्प्लेक्समा जारी एक्स्पोमा विभिन्न मोबाइलहरु जस्तै, एक ह्वावेको जीआर५, सामसुङको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु खरिद गर्न सकिनेछ ।साथै, एक्स्पोमा एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोन पनि राखिएका छन् ।

कम्पनीका अनुसार एक्स्पोमा राखिएका सबै सेटहरुमा फोरजी सेवा प्रयोग गर्न सकिनेछ । कम्पनीले मोबाइल मेलाको अवधिभर फोरजी सहितका स्मार्टफोनको खरिदमा छुटका साथै विभिन्न उपहारहरु पनि दिने जनाएका छन् ।
एक्स्पोको बारेमा बोल्दै कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए –‘अहिले चीनियाँ ब्राण्डका फोनहरु किन्न आउने ग्राहकहरुको संख्या बढेको छ । चाइनिज फोनहरु पनि अन्तराष्ट्रिय गुणस्तरका हुँदा ग्राहकहरु चाइनिज फोनमा आकर्षित भएका हुन् ।’

Share News