सेयर बजार ३० प्रतिशतले घट्दा जलविद्युत कम्पनीका सेयरधनीले गुमाए ४४ प्रतिशत, बीमाका लगानीकर्ताकाे ४० प्रतिशत गुम्यो, बैकिङ समूह बढी सुरक्षित

<p>काठमाडौं । गत साता ९० अंकले घटेको सेयर सोमबार ६५ अंकले घटेको छ । सेयर बजार मापन गर्ने सूचक नेप्से १३०९ अंकमा झरेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले घटेको छ । सोमबार मात्र होइन, सेयर बजारमा मन्दी शुरु भएदेखि नै बीमा कम्पनीका सेयरधनीले बढी गुमाउँदै आएका छन् । गत असारमा नेप्से परिसूचक [&hellip;]</p>

काठमाडौं । गत साता ९० अंकले घटेको सेयर सोमबार ६५ अंकले घटेको छ । सेयर बजार मापन गर्ने सूचक नेप्से १३०९ अंकमा झरेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले घटेको छ ।

nepse_monday_indexसोमबार मात्र होइन, सेयर बजारमा मन्दी शुरु भएदेखि नै बीमा कम्पनीका सेयरधनीले बढी गुमाउँदै आएका छन् । गत असारमा नेप्से परिसूचक १८८१ पुगेको थियो । सात महिना यता नेप्से ५७२ अंकले घटेको छ । यस अवधिमा बीमा समूहको परिसूचक ९ हजार ५५३ बाट ५ हजार ७३७ अंकमा झरेको छ । समग्रमा बजार करिब ३० प्रतिशतले घट्दा बीमा समूहको परिसूचक ४० प्रतिशतले घटेको छ ।

गत असारमा ४ हजार ५९६ रुपैयाँमा कारोबार भएको नेपाल लाईफको सेयर सोमबार २२५५ रुपैयाँमा झरेको छ । गत कात्तिकमा प्रतिकित्ता ४३ सयमा कारोबार भएको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १७५५ रुपैयाँमा झरेको छ । गत जेठमा प्रतिकित्ता २९९९ रुपैयाँमा कारोबार भएको सगरमाथा इन्स्योरेन्स कम्पनी सेयर मूल्य ९०९ रुपैयाँमा झरेको छ ।

असोजमा २१९४ रुपैयाँमा कारोबार भएको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १२९२ रुपैयाँमा झरेको छ । असारमा २५०० रुपैयाँमा कारोबार भएको प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११५७ रुपैयाँमा झरेको छ । गत असारमा २४९५ रुपैयाँमा कारोबार भएको प्राइम लाईफ इन्स्योरेन्सको सेयर १३०० रुपैयाँमा झरेको छ ।

बढ्दा पनि बीमा कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी २ देखि ५ अर्ब बनाउन कानुन मै उल्लेख गर्ने प्रस्ताव गरेको आधारमा यो क्षेत्रमा सेयर मूल्य उच्च दरमा बढेको थियो । बीमा समितिको अध्यक्ष परिवर्तनसँगै बीमा कम्पनीहरुको व्यापार विस्तार र पुँजी विस्तार सन्तुलित बनाउने सन्देश प्रकाशमा आईरहेको छ । साथै, बीमा कम्पनीहरुको लाइसेन्स खुला गर्ने संकेतहरु बीमा समितिबाट प्रकट भएको छ ।

बीमा कम्पनीको सेयर किन्नेले भन्दा बढी जलविद्युत कम्पनीका सेयरधनीले बढी गुमाएका छन् ।  जलविद्युत कम्पनी समूहले परिसूचक २७६९ बाट १५४७ मा झरेको छ । समग्र बजार ३० प्रतिशतले यो समूहका लगानीकर्ताले ४४ प्रतिशत लगानी गुमाएका छन् ।

अपि पावरको सेयर ८८० रुपैयाँबाट ३३८ रुपैयाँमा झरेको छ जुन ६१ प्रतिशतले गिरावट हो । अरुण भ्यालीको सेयर ४५८ रुपैयाँबाट २१८ रुपैयाँमा झरेको छ ।

बुटवल पावरको ९९० रुपैयाँबाट ५०० रुपैयाँमा झरेको छ । चिलिमेको १५३० बाट ७८१ रुपैयाँमा झरेको छ ।  सानिमा माईको सेयर ११२२ रुपैयाँबाट ७७१ रुपैयाँमा झरेको छ ।

नेप्से परिसूचक ३० प्रतिशतले खुम्चिदा बाणिज्य बैंक समूह २९ प्रतिशतले, विकास बैंक समूह २८ प्रतिशतले, फाइनान्स कम्पनी समूहको परिसूचक ३१ अंकले घटेको छ । नेपाल टेलिकमको सेयर मूल्यमा सबैभन्दा बढी स्थायित्व देखिएको छ । कम्पनीको सेयर मूल्य बढीमा ७२० र घटीमा ६५० रुपैयाँ देखिएको छ ।

Share News