विदेश घुमेरै सक्छन नेपालीले ५६ अर्ब, युरोप अमेरिकासम्मनै नेपालीको घुम्ने पहुँच

<p>काठमाडौं १७, माघ । नेपालमा विदेशी पर्यटक आउने मात्रै नभएर नेपाली पनि पर्यटक बनेर विदेश घुम्न जाने क्रम बढिरहेको छ । नेपाली विदेशी घुम्न जानेलाई आउटबाउण्ड टुर भन्ने गरिएको छ । नेपालबाट पर्यटक बनेर मलेसिया, थाइल्यान्ड, यूएई, सिंगापुर, भुटानसहित युरोप र अमेरिकासम्मनै नेपाली पुग्ने गरेका छन् । वार्षिक करिब ५० हजारको हाराहारीमा घुम्ने यी नेपालीले [&hellip;]</p>

malaysia-Singapore-and-Thaiकाठमाडौं १७, माघ । नेपालमा विदेशी पर्यटक आउने मात्रै नभएर नेपाली पनि पर्यटक बनेर विदेश घुम्न जाने क्रम बढिरहेको छ ।

नेपाली विदेशी घुम्न जानेलाई आउटबाउण्ड टुर भन्ने गरिएको छ । नेपालबाट पर्यटक बनेर मलेसिया, थाइल्यान्ड, यूएई, सिंगापुर, भुटानसहित युरोप र अमेरिकासम्मनै नेपाली पुग्ने गरेका छन् ।

वार्षिक करिब ५० हजारको हाराहारीमा घुम्ने यी नेपालीले गर्ने खर्च आव २०७२/७३ मा ५६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । यो रकम नेपालीले विदेश घुम्न खर्च जाँदा नेपाल राष्ट्र बैंकबाट लिएको डलरसटहिको सुविधा मात्रै हो । यस्तो सुविधाबाट गत वर्ष ०७१/७२ मा ५३ अर्ब १९ करोड रुपैयाँ खर्च भएको उल्लेख छ । नेपालीको यो घुमेर खर्च हुने रकम टिकेर र भिसा बाहेक नै हो ।

यस्तो रकम आर्थिक वर्ष २०७०/७१ मा ४२ अर्ब रहेको थियो । चालु आवको पहिलो चार महिनामा भने नेपालीले गरेको यस्तो खर्च २४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । नेपालले पर्यटकले गर्ने खर्चको आधारमा गत वर्षको कुल खर्च ५७ अर्ब रुपैयाँ रहेको उल्लेख छ । नेपालमा आउने विदेशीले राष्ट्र बैंकमार्फत गर्ने खर्च सरह नै नेपालीले पनि रकम खर्चने गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् सन् २०१२ मा ३९ हजार, २०१३ मा ३२ हजार, सन् २०१४ मा ३७ हजार पर्यटक बनेर नेपालबाट बाहिर गएको तथ्यांक छ । मन्त्रालयका अनुसार सन् २०१५ र २०१६ को एकीन तथ्यांक आइनपुगेको भएपनि सन् २०१६ भने करिब ५० हजार नेपालीले घुमघामका नामले विदेशीएको उल्लेख छ ।

नेपालबाहिर जानेलाई लक्षित गरेर ट्राभल एजेन्सीले प्याकेज बेच्नु तथा विदेशी वायुसेवाले सस्तोमा हवाई टिकट उपलव्ध हुनुले आउटबाउण्ड टुरमा नेपालीको पहुँच बढिरहेको एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्काको भनाइ छ । उनका अनुसार नेपालीको खर्च गर्ने क्षमता बढ्दै जानुका साथै आउटवाउण्ड टुरको प्याकेज बेच्ने एजेन्सीको कारोबारसमेत उल्लेख्य रुपमा नै बढिरहेको छ ।

pokhara_touristप्याकेजमा घुम्ने बढे
नेपालमा आउने विदेशी वायुसेवा, नेपालबाट हुने विभिन्न देशको अन्तर्राष्ट्रिय उडान तथा भिसा प्रक्रियामा सहजता हुनुले नेपालीको बाहिर घुम्ने संस्कृति बढाएको ट्राभल एजेन्सीको भनाइ छ ।

ट्राभल एजेन्सीले आगामी दशैंको लागि विदेश घुम्न आकर्षक प्याकेज नै घोषणा गर्न थालेको छन् । हवाई टिकसहित खाने बस्ने प्याकेज तयार पारेपनि नेपालीको आकर्षण बढ्दै गाएको एस ट्राभलको भनाइ छ ।

जसका कारण पछिल्लो समय प्याकेज लिएर घुम्नेको संख्या बढिरहेको छ । एजेन्सीले पनि प्याकेज पर्यटनलाई प्रवद्र्धन गरिरहेको छ ।

नेपालीको आयस्रोत बढ्दै गएको र ट्राभल एजेन्सीले आकर्षक प्याकेजका कारण आउटबाउण्डमा नेपालीको आकर्षण बढ्ने गरेको छ । नेपालीले विदेशीलाई नेपाल आउन उत्प्रेरित गर्ने र नेपालको प्रवद्र्धन गर्न आउटबाउण्डले सहयोग पु¥याउने पर्यटन व्यवसायीको भनाइ छ ।

नेपालमा आउटबाउण्ड गराउने ट्राभल एजेन्सीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । हाल डेढ दर्जन भन्दा बढी कम्पनीले यो सेवा दिने गरेका छन् ।
A330--airbus11
ट्राभल व्यसायीले सहज उपलव्ध गराउने प्याकेजका कारण नेपालबाट दुबई, इजिप्ट, मलेसिया, मौरिसस, थाइल्याण्ड, चीन, टर्की, सिङगापुर, मलेसिया, थाइल्याण्ड, अमेरिकालगायतका मुलुकको भ्रमण सहज भएको व्यवसायीको भनाइ छ ।

टिकेटमा मात्रै १ खर्ब भन्दा बढी खर्च
नेपालमा उडान गरिरहेका विभिन्न विदेशी वायुसेवाले टिकेटमा मात्रै १ खर्ब रुपैयाँको कारोबार गरिरहेको अनुमान छ ।

नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार हाल वायुसेवा निगमले बार्षिक ५ अर्बको कारोबार गरिरहेको भएपनि नेपालमा उडान गर्ने विभिन्न २८ वटा वायुसेवाको टिकेटमा मात्रै करिब एक खर्ब रुपैयाँको कारोबार गरिहेका छन् । तर, त्यो पैसा सबै विदेशीएको छ ।

निगमका महाप्रवन्धक कंसाकारले पटकपटक नेपाली पैसा विदेशिन निदन र नेपालमै व्यवसायीक संभावना भएकोले हवाईजहाज थप गरेर उडान गर्नुपर्ने तर्क दिने गरेका छन् ।

Share News