एनआईसी एसिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

<p>काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । साउन ६ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले जोशीलाई साउन ७ गतेबाट लागु हुने गरी संस्थाको सीईओमा ४ वर्षको लागि नियुक्त गरेको हो । उनीसँग यो [&hellip;]</p>

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।

साउन ६ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले जोशीलाई साउन ७ गतेबाट लागु हुने गरी संस्थाको सीईओमा ४ वर्षको लागि नियुक्त गरेको हो ।

उनीसँग यो भन्दा अगाडी छिमेक लघुवित्तमा पनि सीईओको रुपमा काम गरिसकेको राम्रो अनुभव रहेको छ ।

Share News