टुकुचामा भेटियो पोलियो भाइरस, उपत्यकाका तीन जिल्लामा खोप अभियान

<p>काठमाडौं । नेपालको वातावरणमा पोलियो भाइरस देखिएको छ । पोलियो मुक्त भएको १० वर्षपछि भाइरस देखिएको स्वास्थ्य विभागले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । वातावरणीय निगरानीको क्रममा हालै काठमाडौंमा टुकुचा बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस रहेको पत्ता लागेको हो । वातावरण देखिएको यो भाइरसले बालबालिकामा पोलियो संक्रमणको जोखिम [&hellip;]</p>

काठमाडौं । नेपालको वातावरणमा पोलियो भाइरस देखिएको छ । पोलियो मुक्त भएको १० वर्षपछि भाइरस देखिएको स्वास्थ्य विभागले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

वातावरणीय निगरानीको क्रममा हालै काठमाडौंमा टुकुचा बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस रहेको पत्ता लागेको हो । वातावरण देखिएको यो भाइरसले बालबालिकामा पोलियो संक्रमणको जोखिम भएको भन्दै काठमाडौं उपत्यकामा खोप अभियान नै सञ्चालन गरिने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा साउन ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने छ । कुनैपनि बालबालिकालाई बञ्चित नगर्ने गरी घरघरमा पुगेर बालबालिका खोज्दै खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।

तीन जिल्लामा गरी करिब १ लाख ८० हजार जनसंख्यालाई खोप लगाउने लक्षय राखिएको छ । लक्ष्य यतिलाई मात्र राखिएप नि घरघरमा पुग्दै गर्दा यो भन्दा धेरै बालबालिका पनि फेला पर्न सक्ने भन्दै त्यही अनुसारको तयार गरिरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यसका लागि ३ लाख मात्र खोप तयारी अवस्थामा राखिएको छ । यही क्रममा नियमित खोप सेवाबाट १६ महिनाको उमेर भित्र लिनुपर्ने सबै खोपहरूको सबै मात्रा लगाएका छन् कि छैनन् भनेर खोजि गर्ने जनाइएको छ ।

पोलियो उन्मुलनको लागि नियमित खोप सेवाबाट एक वर्ष मुनिका बालबालिकालाई ओ.पि.भी.खोप र आई.पि.भि खोप दिने शंकास्पद पोलियोका बिरामीको निगरानी अतिशिघ्र लुलो पक्षघात भएका १५ वर्ष मुनिका बालबालिकाको दिसा परिक्षण गर्ने कार्य गरिरहेको र वातावरणमा पोलियो भाइरस भए नभएको निगरानी गर्ने लगायतका काम परिवार कल्याण महाशाखाले गरिरहेको छ ।

दक्षिणपूर्वी एशिया क्षेत्रका सबै देशहरूमा पोलियो शुन्य अवस्थामा कायम रहेको ३ वर्षपछि २०७० चैत्र १३ मा दक्षिणपूर्वी एशिया पोलियो मुक्त भएको थियो अहिले पाकिस्तान र अफगानस्तानमा पोलियोका नयाँ बिरामीहरू देखा परिरहेका छन् ।

नेपालमा पनि वातावरणमै भाइरस देखिसकेकाले जोखिरहेको भन्दै उपत्यकाका तीन जिल्लामा अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । उपत्यकामा ४ दिन खोप अभियान सञ्चालन हुने भएकाले ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन नछुटाउन विभागले आग्रह गरेको छ ।

Share News