काठमाडौं । जनकपुर भन्सार कार्यालय धनुषाले पुराना सवारी साधन बिक्री गर्ने भएको छ । भन्सार कार्यालयले विभिन्न ब्राण्डका मोटरसाइकल तथा कारहरू लिलाम बिक्रीमा राखेको हो ।
चोरी पैठारी गरेर ल्याइएका २३१ वटा सवारी साधन लिलामी बिक्रीमा राखेको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका अनुसार प्रयोगमा आउने ११५ वटा र पुनः सवारी साधनको रूपमा प्रयोगमा नआउने ११६ वटा गरी २३१ वटा सवारी साधन बिक्रीमा राखिएको हो ।
कार्यालयले सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्न लागेको हो । उक्त सवारी साधन खरिद गर्न इच्छुकले ३५ दिनभित्र बोलपत्र आवेदन दिन सक्नेछन् ।
कार्यालयले उक्त मोटरसाइकलको न्यूनतम मूल्य २५ हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म तोकेको छ । यस्तै कारहरूको मूल्य भने न्यूनतम मूल्य १३ लाख ५० हजार रुपैयाँ र १८ लाख रुपैयाँ तोकिएको छ ।