त्रिविमा भर्नादेखि नतिजा प्रकाशनसम्मका लागि शैक्षिक क्यामलेण्डर तय

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक क्यालेन्डर तय गरेको छ । विश्वविद्यालयको पढाइ, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्य नियमित बनाउन क्यालेन्डर तय गरिएको हो । क्यालेन्डरअनुसार स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीको भर्नादेखि परीक्षाको नतिजा प्रकाशनसम्मको समय निर्धारण गरिएको छ । अध्ययन संस्थान, संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा कार्यक्रमलगायतका निकायमा शैक्षिक क्यालेन्डर लागु भए [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक क्यालेन्डर तय गरेको छ । विश्वविद्यालयको पढाइ, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्य नियमित बनाउन क्यालेन्डर तय गरिएको हो ।

क्यालेन्डरअनुसार स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीको भर्नादेखि परीक्षाको नतिजा प्रकाशनसम्मको समय निर्धारण गरिएको छ ।

अध्ययन संस्थान, संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा कार्यक्रमलगायतका निकायमा शैक्षिक क्यालेन्डर लागु भए नभएको विषयमा नियमित अनुगमन गर्न एक समिति गठन गरिने भएको छ ।

स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा सेमेस्टर प्रणाली अनुरूपको क्यालेन्डर निर्धारण गरेको हो । वार्षिक प्रणालीअनुसार पढाइ हुने स्नातक तह प्रथम वर्षका लागि २०८१ साल साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना सञ्चालन गरिने भनिएको छ ।

भदौको चौथो हप्तादेखि नै कक्षा सञ्चालन हुने जनाइएको छ । २०८२ जेठ पहिलो हप्तामा कक्षा सकाउने र २०८२ जेठ चौथो हप्तादेखि परीक्षा कार्यक्रम सञ्चालन हुने तय भएको छ । नतिजा २०८२ असोजको दोस्रो हप्तामा आउने छ ।

स्नातक तह पहिलो सेमेस्टरका लागि २०८१ साउन दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म भर्ना आवेदन आह्वान गर्ने भनिएको छ । भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुने, असोजदेखि कात्तिकको बिचमा विद्यार्थी भर्ना गरिने, मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन र माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ। २ नतिजा प्रकाशन ०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको गरिनेछ ।

स्नातकोत्तर तहको हकमा प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फाराम खुल्ने, पुसमा प्रवेश परीक्षा तथा भर्ना हुने, माघ पहिलो सातादेखि कक्षा सञ्चालन हुने, चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुने भनिएको छ। २०८२ असार चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुनेछ ।

Share News