काठमाडौं, १६ माघ । सिजी ब्राण्डले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको सोल्टी होटलमा राष्ट्रिय स्तरको पाटनर्स मिट सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलनमा करिब ३ सय भन्दा बढी डिलरहरु भेला भएका थिए । साथै, सम्मेलनमा विभिन्न नयाँ प्रडक्टहरुको उद्घाटन भएको थियो ।
करिव दश वर्ष पहिले सिमिति दुई किसिमका मोडल टिभीहरुबाट सुरु भएको सिजी आज आफ्नै ब्राण्ड स्थापना गर्न सफल भएको छ । साथै, सिजीले २३ किसिमका विभिन्न उत्पादनहरुका टि.भी र सयौं मोडलका विभिन्न घरायशी सामाग्री, विद्युतीय उपकरण र मनोरञ्जनका वस्तुहरु उत्पादन तथा खरिद बिक्रि गर्दै आएको छ ।
व्यवसायको शुरुवातीसँगै सिजीले सामानको गुणस्तर तथा सेवामा सुधार गर्दै आज व्यापार संजाल तथा सेवा विस्तार गर्न सफल भएको छ ।