पाइलट बन्ने योजना छ ? संसारले खोज्दैछ ३५०००० पाइलट

<p>काठमाडौं, १६ माघ । के तपाई पाइलट बन्ने योजनामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नमान्नुस् किनकी पाइलटको अध्ययन सम्पन्न गरेपछि तपाई बेरोजगार बस्नै पर्दैन् । आगामी १० बर्षभित्रै ३ लाख ५० हजार पाइटलका लागि रोजगारीको सुनौलो अवसर जुट्दैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार सन २०२६ सम्ममा संसारभर ३ लाख [&hellip;]</p>

pilotकाठमाडौं, १६ माघ । के तपाई पाइलट बन्ने योजनामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नमान्नुस् किनकी पाइलटको अध्ययन सम्पन्न गरेपछि तपाई बेरोजगार बस्नै पर्दैन् । आगामी १० बर्षभित्रै ३ लाख ५० हजार पाइटलका लागि रोजगारीको सुनौलो अवसर जुट्दैछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार सन २०२६ सम्ममा संसारभर ३ लाख ५० हजार पाइटलका लागि रोजगारीको अवसर जुट्दैछ । त्यस्तै, ४ लाख ८० हजार जहाजका टेक्निसियनले रोजगारी पाउनेछन् ।

तर पछिल्लो समय पाइलट अध्ययन प्रति नयाँ पुस्ताको रुचि घट्दै गएकाले माग अनुसारको पाइलट आपुर्तिमा समस्या आउन सक्ने पनि गौतमले दावी गरे ।‘सन २०२६ सम्ममा संसारभर ३ लाख ५० हजार पाइलट आवश्यक पर्ने प्रक्षेपण गरिएको छ, त्यस्तै ४ लाख ८० हजार टेक्निसियनको माग हुन्छ तर सो अनुसारको जनशक्ति उत्पादन हुने सम्भावना देखिएको छैन, नयाँ पुस्ताले पाइटल बन्ने चाहाना राख्न छोडेको छ’, गौतमले भने ।

पाइलट बेद उप्रेतीका अनुसार आगामी २० बर्षमा संसारभर २५ हजार एयर क्राफ्ट थपिँदैछन् । पछिल्लो समय नयाँ पुस्ताले पाइटल बन्न नचाहेको बताउँदै उप्रतीले पनि नयाँ पुस्तालाई यो पेशामा आकर्षित गराउनु अत्यावश्यक भैसकेको धारणा राखे ।‘हाम्रा पालामा बच्चाहरुलाई ठुलो भएपछि के बन्ने योजना छ भनेर सोध्दा डाक्टर, पाइलट, इञ्जिनियर भन्ने सुन्न पाइन्थ्यो तर आजकल पाइलट भन्ने शब्द आउनै छाडेको छ’, पाइलट उप्रेतीले भने ।

प्राधिकरणका महानिर्देशक गौतमले कक्षा ८ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पाइलट बन्न अभिप्रेरित गरिनुपर्नेमा जोड दिए । ‘नयाँ पुस्तालाई यो पेशामा आकर्षित गर्न कक्ष ८ देखि १२ सम्मका बिचमा बिशेष योजनै लिएर जानुपर्छ’, गौतमले भने ।

हाल २०० घण्टाको तालिम लिएपछि पाइलटको प्रमाण पत्र पाइन्छ । त्यसपछि सम्बन्धित देशको नागरिक उड्डयन प्राधिकरणको लाइसेन्स परिक्षा पास गरेपछि जहाज उडाउन पाइने व्यवस्था रहेको छ ।

नयाँ पुस्तालाई नागरिक उड्डयनका क्षेत्रमा आकर्षित गर्न आफुहरुले नेक्स्ट जेनेरेशन एभिएसन प्रोफेशनल्स(एनजिएपी) कार्यक्रम अघि सारेको पनि उनले जानकारी दिए । सोही कार्यक्रम अन्तर्गत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर क्राफ्ट म्युजियम सञ्चालनको प्रक्रिया अघि बढाएको पनि उनले बताए । सो म्युजियमबाट नेपालको नयाँ पुस्तालाई पाइलट बन्न अभिप्रेरित गर्ने उनको दावी थियो ।

बेद उप्रेतीले नेपालमा ग्राउण्डेड भएको टर्किस एयरको एयरबस ३३० मा म्युजियम सञ्चालन गर्न लागेको छ । त्यसका लागि प्राधिकरणसँग पहिलो चरणको सम्झौता समेत भैसकेको छ । सार्वजनिक खरिद प्रक्रिया पुरा नभएका भन्दै त्यसको बिरोध पनि भैरहेको छ ।

Share News