सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त

<p>काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सीईओमा केशव कुमार पौडेल नियुक्त भएका छन् । साउन १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज भई सम्पदा लघुवित्तको [&hellip;]</p>

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सीईओमा केशव कुमार पौडेल नियुक्त भएका छन् ।

साउन १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ ।

साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज भई सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

साविक सबैको लघुवित्तमा यसअघि उनी दोस्रो कालका लागि सीईओमा पुन: नियुक्त भएका थिए । २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्यानुभव छ । उनी २०७४ जेठ १ गतेदेखि सबैको लघुवित्तमा सीईओका रुपमा कार्यरत थिए ।

Share News