रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८१’ छात्रवृत्ति वितरण

<p>काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रालाई &#8216;मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८१&#8217; छात्रवृत्ति प्रदान गरेको छ । विशेष कार्यक्रम आयोजना गरी मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद १० हजार १ रुपैयाँ प्रदान गरिएको हो। यस छात्रवृत्ति [&hellip;]</p>

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रालाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८१’ छात्रवृत्ति प्रदान गरेको छ ।

विशेष कार्यक्रम आयोजना गरी मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद १० हजार १ रुपैयाँ प्रदान गरिएको हो। यस छात्रवृत्ति कार्यक्रममा १ सय ४५ विद्यार्थीहरु सहभागी थिए ।

रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना पनि गरिएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार रुपैयाँ, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा १ हजार ५ सय एक वर्षसम्म उपलब्ध गराइने छ ।

साथै मकवानपुर जिल्लाबाट एसईईमा उत्कृष्ट अंक ल्याउन सफल विद्यालय बाल जागृति इंग्लिस बोर्डिङ स्कुलका प्रधान अध्यापक, सुरक्षा प्रदान गरिदिने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञ तथा जिल्ला शिक्षा इकाइ समिति, हेटौंडा उपमहानगरपालिका ५ तथा सम्पूर्ण संस्थाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

Share News