काठमाडौं, १४ माघ । चन्द्रागिरि केबलकारले शहीद दिवसको अवसरमा टिकट खरिदमा ५० प्रतिशत छुटको व्यवस्था मिलाएको हो । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारले यही माघ १६ र १७ गते शहीद परिवारको परिचय प्राप्त सदस्यहरुलाई ५० प्रतिशत छुटमा टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको हो । शहीदको त्याग, तपस्या र बलिदानको कदर स्वरूप शहीद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको चन्द्रागिरी हिल्सले बताएको छ ।
चन्द्रागिरी हिल्सका अनुसार छुट व्यवस्था अनुसार ७ सय रुपैयाँ पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार सदस्य परिचय पत्र अनिवार्य रुपमा साथ मै लिई आउनुपर्ने छ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन नपाउने कम्पनीले जनाएको छ । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोट स्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ ।