काठमाडौं । स्वाथ्य मन्त्रालयले संक्रामक रोगको सूची बनाएको छ । राजपत्रमा प्रकाशित गर्दै ५२ रोगलाई संक्रामक रोगको सूचीमा राखिएको हो ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ अनुसार रोगको सूचि तयार पारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रेविज क्षयरोगदेखि क्युफिवर र लासा फिवरसम्म सूचिकरण गरिएको हो ।
