निगमको दोस्रो मोर्डन आर्क आज दिउँसो ४ बजे आउँदै, चीनसँग खरिद गरिएको पहिलो जहाज नेपाल भित्रदैँ

<p>काठमाडौं १३, माघ । नेपाल वायुसेवा निगमका लागि दुई दिन भित्रमा दुइवटै जहाज थप हुने भएको छ । निगको आन्तरिक उडानमा प्रयोग दुईवटा चिनियाँ जहाज आज एउटा र पर्सि शनिबार एउटा आउने भएको छ । निगले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजे निगको लागि दोस्रो मोर्डन आर्क (एमए ६०) आउने भएको छ । निगमले [&hellip;]</p>

MA-60-NAC

निगको आज आउँदै गरेको एमए ६० नामको जहाज । निगमसँग हाल एउटा यो जहाज उडानमा छ । फाइल फोटो

काठमाडौं १३, माघ । नेपाल वायुसेवा निगमका लागि दुई दिन भित्रमा दुइवटै जहाज थप हुने भएको छ । निगको आन्तरिक उडानमा प्रयोग दुईवटा चिनियाँ जहाज आज एउटा र पर्सि शनिबार एउटा आउने भएको छ ।

निगले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजे निगको लागि दोस्रो मोर्डन आर्क (एमए ६०) आउने भएको छ ।

निगमले तयार पारेको सेड्युल अनुसार आज ४ बजे त्रिभुवन विमानस्थलमा एमए ६० ल्याण्ड गर्ने छ । निगमको अपरेशन विभागले दिएको जानकारी अनुसार नियमति सेड्युलमा नै रहेकोले आजै जहाज आइपुग्ने भएको छ । निगमले जहाजको स्वागतको तयारी पनि गरिरहेको छ । निगमका अनुसार कुनै प्राविधिक समस्या नभए आजै जहाज अवतरण गर्छ ।

निगमले चीन सरकारको सहुलियत ऋण सहयोगमा खरिद गरेको पहिलो जहाज आज आउँदै छ । यस अघि चिनियाँ अनुदानको एक एमए ६० र एक वाई १२ जहाज निगमले उडानमा प्रयोग गरिरहेको छ । एमए ६० नामक जहाज ५६ सिट क्षमतको हो भने वाई १२ ई १८ सिट क्षमतको जहाज हो ।

निगमले एउटा एम ६० र ४ वटा वाई १२ जहाज चीनबाट खरिद गरिसकेको छ । जहाज तयारी अवस्थामा रहेको भएपनि निगमले यस अघि प्राविधक कमजोरी भएको र जहाज उडाएर नाफा गर्न नसक्दा यसलाई भित्र्याउँने काम पन्छाउँदै आएको थियो । पछिलो पटक भने जहाज ल्याउनैपर्ने गरी सरकरले निर्देशन दिएपछि नेपाल र चीनको दुई पक्षिय सम्झौता अनुसार जहाज आएको पनि निगमको भनाइ छ ।

निगमले दिएको जानकारी अनुसार आज आउने ५६ सिट क्षमताको जहाजलाई एमए ६० का प्रशिक्षक पाइलट तथा वरिष्ठ क्याप्टेन गोपालसिंह विष्ट र कोपाइट पीएस जेबी राणाले उडाएर ल्याउने भएका छन् । चीनको सियानबाट कुनन्मिङसम्म चिनियाँ पाइलट नै ल्याइदिएको यो जहाज कुन्मिङबाट बंगलादेश हुँदै नेपाली क्याप्टेनले उडाएर ल्याउँदैछन् ।

निगमले यो जहाज भित्र्याएपनि दुइ दर्जन आन्तरिक गन्तव्यमाा जहाज उडाउने योजना बनाइरहेको छ । नेपालले चीनसँग गरेको सहमतिअनुसार अझै तीनवटा वाई १२ आउँछ । एउटा शनिबार आउँछ भने बाँकी निगमले बनाएको सेड्युल अनुसार आउने पनि उल्लेख छ ।

Share News