एसईई पास गरेकाले यस कारण पढ्नैपर्छ आईबी

<p>काठमाडौं । एसईईको नतिजा सार्वजनिक भइसकेपछि धेरैलाई के पढ्ने भन्ने अन्योलता हुन्छ । कतिपय विद्यार्थीले पहिल्यै आफ्नो योजना बनाएर त्यही अनुसार तयारी गरेपनि कतिपयलाई के विषय पढ्ने भन्ने चिन्ता हुन्छ । एसईई पछि प्राविधिक विषय र गैरप्राविधिक विषय पढ्न सकिन्छ । त्यसमध्ये इनटरनेशनल ब्याकलौरेट (आईबी) कार्यक्रम पनि एक हो । जुन एसईई पास गरेका जुनसुकै [&hellip;]</p>

काठमाडौं । एसईईको नतिजा सार्वजनिक भइसकेपछि धेरैलाई के पढ्ने भन्ने अन्योलता हुन्छ । कतिपय विद्यार्थीले पहिल्यै आफ्नो योजना बनाएर त्यही अनुसार तयारी गरेपनि कतिपयलाई के विषय पढ्ने भन्ने चिन्ता हुन्छ । एसईई पछि प्राविधिक विषय र गैरप्राविधिक विषय पढ्न सकिन्छ । त्यसमध्ये इनटरनेशनल ब्याकलौरेट (आईबी) कार्यक्रम पनि एक हो । जुन एसईई पास गरेका जुनसुकै विद्यार्थीले पढ्न पाइन्छ ।

नेपालमा पनि केही विद्यालयले आईबी डिप्लोमा कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । के तपाई पनि आइबीबारे सुन्नुभएको छ ? अथवा यो पढ्ने सोचमा हुनुहुन्छ ? आज हामी तपाईंलाई एसईई पास गरेपछि पढ्न मिल्ने आईबी डिप्लोमा कार्यक्रमबारे जानकारी दिँदैछौँ ।

आईबी एसईई उतिर्ण गरिसकेपछि कक्षा ११ र १२ मा पढ्न मिल्ने समकक्षी कार्यक्रम हो । यो नेपालमा पनि पढाइ हुन्छ । तर, धेरै जस्तो विद्यार्थीलाई यो कार्यक्रमबारे थाहा छैन । विदेशमा हेर्ने हो भने हरेक वर्ष यो कार्यक्रम लागु गर्ने विद्यालयको संख्या बढ्दो छ । नेपालमा पनि केही विद्यालयहरूले यो कार्यक्रम सञ्चालन गरिरहेका छन् । ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुल र खुमलटारमै रहेको प्रिमियर इन्टरनेश्नलले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर, विद्यार्थीलाई यो कार्यक्रमबारे जानकारी हुँदैन । यो एसईई पछि पढ्न मिल्ने दुई वर्षीय कार्यक्रम हो । तर, विदेशमा यसलाई प्रि युर्निभर्सिटी कोर्स पनि भन्छन् ।

के हो आईबी ?

आईबी अर्थात् इनटरनेशनल ब्याकलौरेट सन् १९६२ सालमा इन्टरनेशनल स्कुल एशोसिएसनको सामाजिक अध्ययनका शिक्षकहरुको समूहले सुरु गरेको कार्यक्रम हो । त्यो भन्दा अघि एउटा देशको मान्छे अर्को देशमा बसाइँसराइ गरि त्यो देशको पाठ्यक्रम पढ्नु पर्ने हुन्थ्यो । जसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा जाने मान्छेलाई युरोपमा सिकाइको हिसाबले असहज हुन्थ्यो ।

सामाजिक अध्ययन विषयका शिक्षकहरुको समूहले यस्तो पाठ्यक्रम निर्माण गर्ने निर्णय भया जुन विद्यार्थी एउटा देशबाट अर्को देशमा अर्को विद्यालयबाट अर्को विद्यालयमा जाँदा पनि उनीहरूको सिकाइमा कुनै असर नपरोस् । सोही उद्देश्यले सुरु भएको हो आईबी ।

सन् १९६८ मा आईबीले डिप्लोमा कार्यक्रम सुरु गरेको हो । सन् १९७० मा पहिलो पटक यसको परिक्षा भयो जसमा १० वटा देशका १२ वटा विद्यालयले भाग लिएका थिए । सुरुमा कक्षा ११ र १२ मा कार्यक्रम चलेपछि बिस्तारै ६ देखि ८ कक्षासम्म (आईबी एमवाईपी) कार्यक्रम कक्षा ३ देखि १२ वर्षको उमेर समूहका लागि (आइबी पिवाईपी) कार्यक्रम सञ्चालनमा आएको छ ।

विश्वभरको पाठ्यक्रम एउटै

आईबी विश्वका जुनसुकै देशमा बसेर अध्ययन गरेपनि यसको पढाइ एउटै हुन्छ । पाठ्यक्रम पनि एउटै हुन्छ । आईबी डिप्लोमा कार्यक्रम अन्य कार्यक्रम भन्दा नितान्त फरक हो । यसले फरक खालको विद्यार्थी तयार गर्छ । यो विषय पढेका विद्यार्थीलाई विश्वका जुनसुकै देशमा जाँदा पनि सिकाइमा कठिनाई हुँदैन । यसले कुनै विषय पढ्दा कसरी पढ्ने र त्यसको बुझाइलाई कसरी व्यवहारमा उतार्ने भन्नेबारे सिकाउँछ ।

दुई वर्ष आईबी पढिसकेका विद्यार्थीले सोच्ने तरिका, गर्ने व्यवहारमा धेरै फरक हुन्छ । यो विषय २ वर्ष पढिसकेपछि विद्यार्थी कस्तो बन्छ भने आईबीओले स्पष्ट पारेको छ । आफूले सिकेको कुरा, आफुले अनुभव गरेको कुरा र आफुले र्निमाण गरेको ज्ञानमा त्यसलाई प्रतिबिम्बित गर्ने सोच विकास हुन्छ । त्यस्तै, विद्यार्थी खुल्लाविचारक (ओपन माइन्डेड ) हुन्छन् ।

आफुभन्दा फरक विचार सोच, दृष्टिकोणलाई स्वीकार गर्न सक्ने हुन्छन् । विद्यार्थी जोखिम लिन सक्ने खालका हुन्छन् । आफुले सिकेको कुराले आफ्नो वरिपरी रहेको मान्छेलाई हानी गर्छ कि गर्दैन म कसरी केयरिङ नागरिक बन्ने, आफुले जानेको कुरा प्रस्तुत् गर्ने र सोच्ने क्षमता बढाउँछ ।

कस्ता विषय पढाइ हुन्छन् ?

यो कार्यक्रममा विद्यार्थीलाई समूह बनाएर अध्ययन गराइन्छ । २ वर्षसम्म समूह १ मा भर्ना भएर छैटौंसम्म पुगिसकेपछि परिक्षा दिनुपर्छ । पहिलो र दोस्रो समूहका विद्यार्थीले भाषाका विषय पढ्नुपर्छ । युलेन्स स्कुलको हकमा समूह क मा अंग्रेजी वा नेपाली भाषामध्ये छनोट गर्नुपर्छ । समूह ख मा अंग्रेजी, फ्रेन्च वा स्पेनिसमध्ये एउटा लिनुपर्छ जसले अंगे्रजी ए लिएको छ ती विद्यार्थीले स्पेनिस वा फ्रेन्चको प्ररारम्भिक चरणको भाषा सिक्छन् ।

जसले नेपाली लिएको छ उसले  ‘बि’मा अंग्रेजी लिन्छन् । एउटा विद्यार्थीले न्युनतम २ वटा भाषा अनिवार्य पढ्नुपर्छ । तेस्रो मा सोसल साइन्सका विषय मध्ये एउटा विषय पढ्न पाइन्छ । त्यसमा बिजनेस स्टडी, इकनोमिक्स, साइकोलोजीमध्ये एउटा पढ्न पाइन्छ । त्यसपछि चौथोमा साइन्सका विषय फिजिक्स, क्यामेस्ट्री, बायोलोजी र कम्प्युटर साइन्समध्ये एउटा विषय पढ्न पाउँछन् ।

पाँचौँमा गणित छ । यो हेरक विद्यार्थीले पढ्नै पर्छ । छैटौं समूहमा आर्टसका विषयहरू भिजुअल आर्टस्, थियटर, फिल्म मेकिङ यी तीन विषय मध्ये एउटा पढ्न पाइन्छ । गु्रप ६ स्किप गरेर माथिका कुनै एक विषय थप पढ्छु भन्न पनि पाइन्छ । यसमा एउटा विद्यार्थीले न्यू नतम ६ विषय पढ्नै पर्छ ।

आईबी र अन्य कार्यक्रममा फरक

नेपाल सरकारका अन्य कार्यक्रम र आईबीमा धेरै फरक छ । यसमा ६ वटा विषयसँगै तीनवटा मुख्य विषय पढ्नुपर्छ । एउटा विद्यार्थीले २ वर्ष पढिसकेपछि अनुसन्धानमुलक निबन्ध लेख्नुपर्छ , जुन कुरा नेपाल सरकारको कक्षा ११÷१२ को कार्यक्रममा सिकाइ हुँदैन । यस्तै, अर्को थेउरी अफ नलेज (ज्ञानको सिद्धान्त) । मलाई जे चिज थाहा छ त्यो मैले कसरी थाहा पाए भन्ने (फिलोसेफिकल कोर्स) टीओके हरेक आईबी पढ्ने विद्यार्थीले पढ्नै पर्छ । अर्को क्रियटिभेटी, एक्टिभेटी र सर्भिस पढ्नुपर्छ यसभित्र फोटोग्राफी, कुकिङ, विभिन्न क्रियटिभिटीमा इंगेज हुनुपर्छ । एक्टिभिटीभित्र खेलकुदका कार्यक्रम हुन्छन् र सर्भिस भित्र विद्यार्थी समुदायमा गएर काम गर्नुपर्छ ।

यसो गर्दा यहाँबाट पनि केही न केही सिकाई विद्यार्थीलाई हुन्छ । अरु कार्यक्रम पढेर २ वर्ष बाहिर निस्केको विद्यार्थी र आईबी पढेर बाहिर निस्केको विद्यार्थीको सोच्ने शैली, विद्यार्थीले गर्ने व्यवहार अरुको भन्दा निकै भिन्न हुन्छ । यो कोर्ष पास गरिसकेपछि जुनसुकै संकायमा गएर पनि विद्यार्थी स्नातक र स्नातकोत्तर गर्न सक्छन् । नेपाल सरकारले यो कोर्सलाई कक्षा १२ पास सरहको मान्यता दिँदै आएको छ । तर, डाक्टर र इन्जिनियर पढ्न चाहनेका लागि भने केही समस्या हुन्छ ।

मेडिकल साइन्स पढ्न हाम्रो देशमा फिजिक्स, क्यामेस्ट्री र बायो र म्याथ अनिवार्य पढ्नै पर्छ । इन्जिनियर हुन फिजिक्स, क्यामेस्ट्री र म्याथ पढेको हुनैप¥यो । तर, आईबीले तीन वटा साइन्स पढ्न दिँदैन । त्यसैले विद्यार्थीले डाक्टर इन्जिनियर बन्ने सोचले आईबी पढ्ने हो भने आईबीबाट सहमति  माग्नुपर्छ । डाक्टर पढ्ने नै इच्छा हो भने आईबी भन्दा नेपाल सरकारको कार्यक्रम पढ्नुपर्छ । अहिलेसम्म १२ सय २३ विद्यार्थी दिक्षित भइसकेका छन् ।

अहिले आईबी पढ्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । नेपालमा आजभन्दा १५ वर्ष पहिलेदेखि यो कार्यक्रम सञ्चालन गर्दे आइरहेको युलेन्स स्कुलमा पनि विद्यार्थीको संख्या बढ्दै गएको छ । पहिलो वर्ष यहाँ भर्ना हुने विद्यार्थी २६ जना थिए । तर, अहिले धेरै बढेको छ । आईबीले विद्यार्थी यसरी तयार गर्छ कि उनीहरूलाई पनि क्याम्पसमा जान निकै सहज हुन्छ । यसमा विद्यार्थीको आकर्षण बढ्दै गएपनि १ सय ५० विद्यार्थीमात्र भर्ना गर्नुपर्ने प्राबधान भएकोले धेरै विद्यार्थी लिन भने सकिँदैन ।

नतिजा प्रक्रिया

आईबी चार सेमस्टरको हुन्छ । आईबीओले वर्षको दुई पटक मे र नोभेम्बरमा परिक्षा लिन्छ । यसमा कुन महिनाको परिक्षा दिने भन्ने विद्यार्थीको रुचि हुन्छ । तीन विषय मे महिनामा र तीन विषय नोभेम्बरमा दिन्छ भन्न पनि पाइन्छ ।

यसमा आन्तरिक मूल्यांकन र बोर्ड परिक्षाभन्दा नितान्त फरक छ । यसमा यस्तो प्रोटकल बनाएको छ त्यो अलिकति पनि ब्रेक गर्न पाइँदैन । यसमा प्रश्नहरू घोकेर दिने खालको भन्दा अलि फरक खुल्ला किसिमको सोधिन्छ । तर, कन्सेप्ट बुझ्नुपर्छ । यो विषय पढेपछि विद्यार्थीले कक्षा १२ पास सरहको मान्यताकोे सर्टिफिकेट पाउँछन् ।

(युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछानेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

Share News