राष्ट्र बैंक भित्रको राजनीति: कुल दरबन्दीभन्दा कर्मचारी संगठनहरुको सदस्य दोब्बर

<p>काठमाडौं, १२ माघ । माथि देखिएको भवन नेपाल राष्ट्र बैंकको केन्द्र्रीय कार्यालय हो । यो फोटो बारम्बार सञ्चार माध्यममा आईरहन्छ । तर वास्तविकतामा राष्ट्र बैंक अहिले त्यो स्वरुपमा भने छैन । पुरानो भवन अहिले यो अवस्थामा छ । २०७२  सालको भूकम्पमा भत्किएको राष्ट्र बैंकको यो भग्नावशेष अहिलेसम्म पन्छाउने काम पनि भएको छैन । नयाँ भवन [&hellip;]</p>

nepal-ratra-bank

काठमाडौं, १२ माघ । माथि देखिएको भवन नेपाल राष्ट्र बैंकको केन्द्र्रीय कार्यालय हो । यो फोटो बारम्बार सञ्चार माध्यममा आईरहन्छ । तर वास्तविकतामा राष्ट्र बैंक अहिले त्यो स्वरुपमा भने छैन ।

Nrb_old

पुरानो भवन अहिले यो अवस्थामा छ । २०७२  सालको भूकम्पमा भत्किएको राष्ट्र बैंकको यो भग्नावशेष अहिलेसम्म पन्छाउने काम पनि भएको छैन । नयाँ भवन निर्माणको बारेमा कुरै नगरौं ।

nrb_building
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल माथिको भवनमा बस्छन् । पुरानो भवन राणाकालिन दरबार हो । नयाँ भवन प्रजातन्त्र पुर्नस्थापना पछि बनेको हो ।

गभर्नर बस्ने र राष्ट्र बैंकको मुख्य प्रशासनिक यो भवनमा झ्यालका केही सिसा फुटेका छन्, माकुराको जालो जताततै देखिन्छ । धेरै वर्षदेखि रङरोगन नगरिएको प्रष्टै देखिन्छ ।

राष्ट्र बैंकको मूल भवनमा नेपाल राष्ट्र बैंकको नाम राखिएको छैन, जबकी पुरानो भवनमा नाम राखिएको थियो । गेटमा राष्ट्र बैंकको नाम लेखिएको छ तर सुरक्षा संवेदनशिलताको कारण जनाउँदै सुरक्षा कर्मीले फोटो खिच्न दिएनन् ।

कर्मचारी संगठनहरु हावी
resham_regmi

नेपाल राष्ट्र बैंकको मुल गेटमै नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यालय छ । यो छुट्टै भवनमा छ । तल सुरक्षाकर्मी बस्छन् । माथि संघमा आवद्ध कर्मचारी बस्छन् । यो नेपाली काँग्रेस निकट कर्मचारी संघ हो । अध्यक्ष रेशमराज रेग्मीका अनुसार यस संघमा राष्ट्र बैंकका ५८२ जना कर्मचारीले सदस्यता लिएका छन् ।

pandey

राष्ट्र बैंकभित्र राणाहरुले नै बनाएको अर्को छुट्टै भवन छ । यो भवन सानो छ र राम्रो पनि छ । ढोकैमा नेपाल राष्ट्र बैंक कर्मचारी संघको बोर्ड झुण्डिएको छ । यो नेकपा(एमाले) निकट कर्मचारी संघ हो । यस संघका अध्यक्ष बसन्तराज पाण्डेका अनुसार संघमा राष्ट्र बैंकका ५३७ जना कर्मचारीले सदस्यता लिएका छन् ।

resham

राष्ट्र बैंकको अर्को भवनमा अर्को यूनियनको बोर्ड झुण्डिएको छ–नेपाल राष्ट्रिय कर्मचारी संगठन । तत्कालिन नेकपा(माओवादी) शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा स्थापना भएको यो संगठनमा प्रचण्डले नेतृत्व गरेको माओवादी समर्थित कर्मचारी आवद्ध छन् । यसले दुई वटा बोर्ड झुण्ड्याएको छ । एउटा केन्द्रीय समिति, अर्को नेपाल राष्ट्र बैंक इकाई । यस संगठनमा राष्ट्र बैंकका करिव २८० जना कर्मचारी आवद्ध भएको अध्यक्ष रेशम बल्छौडीले बताए ।

Subba

राष्ट्र बैंक भित्र अर्को यूनियन पनि छ, जसको नाम हो–राष्ट्रिय कर्मचारी हित संगठन नेपाल राष्ट्र बैंक । राष्ट्र बैंकभित्र रहेको अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को टाउकोमा यस यूनियनको बोर्ड झूण्डिएको छ ।

barnch

संघका अध्यक्ष दिलबहादुर सुब्बाका अनुसार यस संगठनमा राष्ट्र बैंकका करिव २५० जना कर्मचारी संगठित भएका छन् । मोहन वैद्य मुल माओवादीबाट फुटेर २०७० सालमा गठन भएको अर्काे माओवादी लाई यसले समर्थन गर्ने भएकाले अरु संगठनले  यसलाई माओवादी समर्थित यूनियनको रुपमा चित्रण गर्छन । तर त्यसलाई अस्वीकार गर्दै अध्यक्ष सुब्बाले भने–‘हामी वैद्य माओवादी पनि होइनौ, राप्रपा पनि होइनौं, राष्ट्र बैंकका कर्मचारीको हितमा संगठित आवाज उठाउने सबै विचारधाराका मान्छे संगठित भएका छौं ।’

union

कर्मचारी संघ, संगठनको पनि शाखा र इकाईहरुको बोर्डहरु हेदा लाग्छ राष्ट्र बैंकको केन्द्रीय कार्यालय राजनीतिक पार्टीहरुको जनवर्गिय संगठनहरुको लागि विशेष क्षेत्र हो । उद्योगका लागि विशेष क्षेत्र भने जस्तै ।

राष्ट्र बैंकमा करिव १२०० जना कर्मचारी छन् । जनशक्ति व्यवस्थाप विभागका कामु कार्यकारी निर्देशक डा गोपालप्रसाद भट्टका अनुसार त्यसमा १७ जना कार्यकारी निर्देशक (विशिष्ट श्रेष्ठ) ५३ जना निर्देशक (प्रथम श्रेणी) र २४९ जना सहायक निर्देशक (द्धितीय श्रेणी) तहमा छन् । कर्मचारी नियमावली अनुसार उनीहरु कुनै पनि ट्रेड यूनियनको सदस्य बन्न पाउँदैनन् ।

नियम अनुसार यूनियनमा सदस्य बन्न पाउने कर्मचारी ८५० जना देखिन्छन् । चार यूनियनको दावीलाई मान्ने हो भने विशिष्ट, प्रथम श्रेणी र द्धितीय श्रेणी बाहेकका कर्मचारीको संख्या १७०० भन्दा बढी हुन्छ ।

काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेग्मी भन्छन्–‘हाम्रो संघमा डेढ वर्षअघि भएको चुनावमा ५५२ जनाले भोट नै खसालेका थिए ।’ एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष बसन्त पाण्डे भन्छन्–उक्त निर्वाचनमा राष्ट्र बैंकका द्धितीय श्रेणीका कर्मचारीले समेत भोट खसाले, जुन गलत काम हो ।
Nrb_notice
नेपाल राष्ट्र बैंक कर्मचारी संघले २०४७ सालदेखि नै राष्ट्र बैंक भित्र ट्रेड यूनियनको रुपमा सामूहिक सौदाबाजी शुरु गरेको देखिन्छ । यतिबेला चार वटा संस्थाले सामूहिक सौदाबाजी गर्छन् । राष्ट्र बैंकको नेतृत्व चार वटा यूनियनहरुको नेताहरुको कुरा सुनेर वाक्कव्याक्क भएको छ ।
कर्मचारीमा भएको राजनीतिक दम्ब र दबदवा कति छ भन्ने कुरा राष्ट्र बैंकको सूचना पाटीबाटै अनुमान गर्न सकिन्छ । सूचना पाटीमा राष्ट्र बैंकको सूचना छोपेर कर्मचारी संघ/संगठनले आफ्नो सूचना टाँसेको छन् । कर्मचारी यूनियनले बारम्बर राष्ट्र बैंकमा गर्ने हड्ताल, घेराउ, तालाबन्दीको खबर बारम्बार आईरहेका हुन्छन् ।

खोई आधिकारिक ट्रड यूनियन ?

कानुनअनुसार एउटा संस्थामा एउटा मात्र ट्रेड यूनियन हुनुपर्ने हो । तर राष्ट्र बैंकमा अहिलेसम्म आधिकारीक ट्रेड यूनियनको निर्वाचन नै भएको छैन । निर्वाचन नहुनुमा एकले अर्कोलाई दोष दिन्छन् ।

‘डा युवराज खतिवडा गभर्नर हुँदा नै आधिकारिक ट्रेड यूनियनको निर्वाचन गराउने भनेर सहमति भएको हो । तर समावेशी र समानुपातिक निर्वाचन प्रणालीको विषयमा सहमति नहुँदा निर्वाचन हुन सकिरहेको छैन’ पाण्डेले भने । वर्तमान श्रम ऐनमा समावेशी, समानुपातिक प्रतिनिधित्वको विषय उल्लेख नभएको र राष्ट्र बैंकका कर्मचारी संघ लगायतले त्यसैमा अडान लिएकोले आधिकारिक ट्रेड यूनियको निर्वाचन हुन नसकेको उनले बताए ।

आधिकारिक ट्रेड यूनियनको निर्वाचन गराउन श्रम कार्यालयले २ पटकसम्म सबै यूनियनलाई बोलाएर छलफल गराएको तर संगठनको स्वरुप र निर्वाचन प्रणालीमा विवाद भएकोले निर्वाचन गर्न नसकिएको सुब्बाले बताए । बैंक व्यवस्थापन समितिले पनि निर्वाचनलाई प्राथमिकता नदिएको उनले बताए । ‘कहिले भूइँचालो, कहिले नाकाबन्दी, कहिले बैंकिङ क्षेत्रमा तरलताको अभाव जस्ता समस्या देखाएर टे«ड यूनियनको निर्वाचन गराउन प्रयास नै भएको छैन’ सुब्बाले भने ।

कर्मचारी संगठनहरुबबीच सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘८ महिनाअघि निर्वाचन गर्ने भनेर हामी सबै जुटेका थियौं । तर उहाँहरु (कर्मचारी संगठनका नेताहरु) बीचमा नै सहमति भएन’ पण्डितले भने–‘पछिल्लो समयमा यो विषयमा छलफल नै भएको छैन ।’

सामान्यतया कर्मचारी संगठनबीच जसको पल्ला भारी हुन्छ, त्याे निर्वाचनमा जान तयार हुन्छ, जसलाई निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेका शंका लाग्छ, त्यो सहमति हुनै नसक्ने विषय उठाएर प्रक्रिया रोक्ने अभ्यास गर्छ । राष्ट्र बैंक भित्र पनि यहि समस्या देखिएको छ ।

Share News