सीएनआईले भन्यो- सीसीडी र सीआरआर घटाएर तरलता अभावको व्यवस्थापन गरौं

<p>काठमाडौं, १२ माघ । नेपाल उद्योग परिसंघ(सीएनआई)ले सीसीडी रेसियो र सीआरआर रेसिया घटाएर तरलता अभावको समाधान गर्नु पर्ने बताएको छ । बुधबार सीएनआईले तरलता अभावका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै तरलताको व्यवस्थापन नभएसम्म कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो)लाई ८५ः१५ मा ल्याउनु पर्ने बताएको हो । हाल सीसीडी रेसियो ८०ः २० रहेको छ । त्यस्तै, चालु आवको [&hellip;]</p>

rupeesकाठमाडौं, १२ माघ । नेपाल उद्योग परिसंघ(सीएनआई)ले सीसीडी रेसियो र सीआरआर रेसिया घटाएर तरलता अभावको समाधान गर्नु पर्ने बताएको छ । बुधबार सीएनआईले तरलता अभावका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै तरलताको व्यवस्थापन नभएसम्म कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो)लाई ८५ः१५ मा ल्याउनु पर्ने बताएको हो । हाल सीसीडी रेसियो ८०ः २० रहेको छ ।

त्यस्तै, चालु आवको मौद्रिक नीतिले व्यवस्था गरेको अनिवार्य नगद अनुपात(सिआरआर)लाई पनि एक प्रतिशत झार्नुपर्ने उसको सुझाव छ । हाल सिआरआर रेसिया क, ख र ग वर्गका वित्तिय संस्थाका लागि क्रमशः ६, ५ र ४ प्रतिशत रहेको छ ।

सीएनआईले विकास खर्च न्युन हुनु, रेमिटेन्सको वृृद्धिदर घट्नु, हुण्डी कारोबार नियन्त्रण नभएर अनौपचारिक अर्थतन्त्र सक्रिय रहनु, आइसी ५ र १००० दरका भारुका कारण १५ अर्ब रकम निष्क्रिय रहनु लगायतका कारण तलरता बढेको दावी पनि गरेको छ

Share News