काठमाडौं, १२ माघ । यती डेभलपमेण्ट बैंकले यस पटक थालेसीमीया रोगबाट ग्रसीत बालीका सरीता माझीलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरीता माझीलाई उपचारको लागी ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक बैंकको महाराजगंज शाखाकी शाखा प्रमुख दिभा राणाले कान्ति बाल अस्पतालमा गई माझीलाई हस्तान्तरण गरेकी छन् । हरेक दुई तिन हप्तामा शरीरको सम्पूर्ण रगत फेर्नु पर्ने यस रोगको उपचार खर्च अत्यन्त महंगो रहेको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण परीवारले समेत उनलाई छोडेर गएको बालिकाले बताईन् ।