नेप्से परिसूचक ३६ अंकले घट्दा ६० करोडको कारोबार, ९ कम्पनीको सेयर मूल्यमा वृद्धि

<p>काठमाडौं, १२ माघ । बुधबार नेप्से परिसूचक ३६ दशमलब ३८ अंकले ओरालो लागेको छ । दोहोरो अंकले ओरालो लागेको बजार बन्द हुँदा १३९६ दशमलब ६१ अंकमा अडेको छ । सेयर बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने केही दिन यता देखि सुधार आएको छ । बजारमा ५९ करोड २८ लाख ६० हजार रुपैयाँको [&hellip;]</p>

nepse_wedकाठमाडौं, १२ माघ । बुधबार नेप्से परिसूचक ३६ दशमलब ३८ अंकले ओरालो लागेको छ । दोहोरो अंकले ओरालो लागेको बजार बन्द हुँदा १३९६ दशमलब ६१ अंकमा अडेको छ ।

सेयर बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने केही दिन यता देखि सुधार आएको छ । बजारमा ५९ करोड २८ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३५ कम्पनीको एक लाख ७० हजार कित्ता सेयर किनबेच भएको हो ।

nepse_gainers_wed

नाफा कमाउने ९ कम्पनीहरु

बुधबारको बजारमा जम्मा जम्मी ९ वटा कम्पनीको मात्रै सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । सबैभन्दा बढी गरिमा विकास बैंकको सेयर मूल्य २ दशमलब ६६ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य २ प्रतिशतले बढेको छ भने अन्य बाँकीको एक भन्दा कम प्रतिशतले सेयर मूल्य बढेको छ ।

सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक, बरुन हाइड्रोपावर कम्पनी र सगरमाथा फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

बजारमा कारोबार भएका सबैसूचक मध्ये उत्पादनमूलक समूहको परिसूचक उकालो लागेको छ भने बाँकी समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २६७ दशमलब ४१ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार कारोबार रकमको आधारमा सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर सेयर बिक्री भएको छ । बैंकको १७ करोड ११ लाख रुपैयाँ बराबरको सेयर प्रतिकित्ता १९१ रुपैयाँमा किनबेच भएको हो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

Share News