काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ ।
दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि सरकारले पुनः परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ। परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन नपाउने जनाएको छ।
पूरक परीक्षाको बोर्डको वेबसाइट www.see.gov.np बाट आवेदन दिन सक्नेछन् । साथै, ग्रेडवृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने बोर्डले जनाएको छ।
बोर्डले २०८० चैत १५ गतेदेखि संचालन गरेको एसईई परीक्षाको नतिजा गत बिहीबार सार्वजनिक गरेको थियो । यस वर्षको नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् ।
बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका थियो ।
तालिका
