कृत्रिम अर्थतन्त्र घातक हुने, स्पेकुलेशन मार्केटमा हच्किने दिन आए

<p>काठमाडौं, १२ माघ । पछिल्लो समय नेपालमा कृत्रिम अर्थतन्त्र निर्माण गर्ने काम भइरहेको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन् । कृत्रिम अर्थतन्त्रले वास्तविक अर्थतन्त्र निर्माणमा प्रत्यक्ष असर पार्नुभन्दा पनि हल्ला फैलाएर कुनै पनि क्षेत्रको भ्यालु बढाउने काम बढी हुने गर्दछ । सो कारणले अर्थतन्त्र निर्माणमा अप्रत्यक्ष असर भने परिनै रहेको हुन्छ । कृत्रिम अर्थतन्त्रमा नयाँ [&hellip;]</p>

nrbकाठमाडौं, १२ माघ । पछिल्लो समय नेपालमा कृत्रिम अर्थतन्त्र निर्माण गर्ने काम भइरहेको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन् । कृत्रिम अर्थतन्त्रले वास्तविक अर्थतन्त्र निर्माणमा प्रत्यक्ष असर पार्नुभन्दा पनि हल्ला फैलाएर कुनै पनि क्षेत्रको भ्यालु बढाउने काम बढी हुने गर्दछ । सो कारणले अर्थतन्त्र निर्माणमा अप्रत्यक्ष असर भने परिनै रहेको हुन्छ । कृत्रिम अर्थतन्त्रमा नयाँ कम्पनीहरु बढ्ने, ऋणको प्रभाव बढ्ने, बैंकको नाफा बढ्ने लगायतका क्रियाकलापहरु हुने गर्दछ ।

यस्तो अवस्थामा ऋण र्तिनका लागि ऋण लिने चक्र बढ्ने गर्दछ । सो कारण कागजी डकुमेन्ट तयार पारेर बैंकबाट पुनः ऋण लिनेको संख्या यस्तो अवस्थामा बढ्ने नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. युवराज खतिवडाले बताए ।

कृत्रिम रुपमा गरिएको लगानीले आर्थिक वृद्धि माथि नगएपनि घरजग्गा तथा सेयर बजारको भ्यालू बढाउने काम भने गर्दछ । त्यस्तो भ्यालु दिन दुई गुणा र रात चौगुणाको दरले बढ्ने गर्दछ । अहिले घरजग्गाको मूल्य अधिक रुपमा बढी रहेकोे छ । नेपालीको आयस्तर नबढेकाले यो नेपाली अर्थतन्त्रले धान्न सक्ने अवस्थामा देखिदैन, यसले गर्दा ऋणको प्रभाव बढदै जान्छ र कारोबारी तथा लगानीकर्तालाई सेलिङ प्रेसर पर्न जान्छ ।

कर्जा प्रयोगकर्ता बढेपनि हालको अवस्थामा बैंकहरु थप कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा कम नाफा वा नाफै नभइ तथा घाटा सहेरै भएपनि स्थिर सम्पत्ति बिक्री गर्नुपर्ने अवस्था आउँछ । त्यसैले घरजग्गा तथा सेयरबजार जस्तो स्पेकुलेशन मार्केटमा लगानी गर्नको लागि हच्किने दिन आएको डा. खतिवडाले बताए ।

बजारमा लगानी योग्य पूँजीको अभाव छ । यहि मौका छोपेर बैंकहरुले धमाधम पुराना कर्जावालाहरुलाई पनि कर्जा सम्झौताको पुनरावित्त् गरिरहेका छन् । महंगो ब्याजदरको कर्जा लगानीकर्ताका लागि फलदायी हुँदैन भने अर्कोतिर लगानी जति सट्टेवाजी मार्केटमा लागेको हुनाले यस्तो अवस्थामा कर्जावालालाई ब्याज तिर्ने तथा ऋण चुक्ता गर्ने दवाव परिरहेको हुन्छ ।

केही समयअघिसम्म पूँजी वृद्धि योजनाको दवावमा परेर अर्थात अधिक तरलतालाई व्यवस्थापन गर्न बैंकहरुले अन्धाधुन्दा लगानी गरे, कर्जा प्रवाह गरेको अनुपातमा निक्षेप संकलन हुन सकेको छैन ।
बैंकको लगानी नथपिने र लिएको कर्जासमेत चर्को ब्याज तिर्नुपर्ने भएपछि यसको प्रत्यक्ष असर घरजग्गाको कारोबारमा पर्ने देखिएको हो । बढ्दो मूल्य र चर्को ब्याज तिरेर लगानी गर्न नसक्ने भएपछि जग्गाको कारोबार घट्ने भएको हो । रियल स्टेट र सेयर बजार भनेका कनेक्टिभिटी साइकल हुन् । एउटा कम्पनी वा लगानीकर्ता जोखिममा परेपछि अन्य पनि तानिदै जाने हुन्छ ।

अर्थ विज्ञ डा.शंकर शर्माले घर जग्गामा बैंकले ऋण उपलब्ध गराउन नसक्ने भएपछि घरजग्गाको कारोबार र मूल्य घट्ने निश्चित भएको अर्थ विञ डा. शंकर शर्माले जानकारी दिए । बैंकहरुले ऋण उपलब्ध नगराएको लगानीको अभावमा कारोबार कम हुने उनको अनुमान छ । लगानी नभएपछि यसको प्रत्यक्ष असर घरजग्गा कारोबारजस्ता उचार चढाव हुने मार्केटमा नै पर्ने हो ।

साथै समयमा सरकारी रकम खर्च (पूँजीगत खर्च नहुनु, बैंकहरुले ब्याजदर बढाउँदै लैजानु तथा बैंकमा लगानी योग्य पूँजीनै रित्तिनुका कारण यस्ता क्षेत्रमा लगानी गर्न सोच्नु पर्ने दिन आएको उनले डा. शर्माले बताए । बैंकमा हाल रहेको तरलता अभाव दोस्रो चौमास लागेपछि सरकारी खर्च बढ्ने तथा भूकम्प तथा पुनर्निर्माणका कार्य अघि बढेपछि समाधान हुँदै जाने धारणा डा. खतिवडा तथा डा. शर्माले राखेका छन् ।

Share News