एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीले काठमाडौं बर्नहार्ट कलेजमा पूर्णछात्रवृत्ति पाउने

<p>काठमाडौं । काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ । विद्यालयले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति दिने घोषणा गरेको हो । कलेजले २५औं वर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरेर याे योजना बनाएको कलेजका [&hellip;]</p>

काठमाडौं । काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ । विद्यालयले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति दिने घोषणा गरेको हो ।

कलेजले २५औं वर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरेर याे योजना बनाएको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले बताए । कक्षा ११ र १२ दुबैमा लागु हुने पूर्णछात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यमिक शिक्षा, एसईई परीक्षामा ४ जीपीए अनिवार्य गरिएको छ ।

कलेजको यो घोषणासँगै ४ जीपीए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् ।

Share News