काठमाडौं । शंघाई लन्च अटोमोटिवको पहिलो प्रिमियम एसयूभी एलईभी ०१ को आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अन्तर्गतको नेक्सन वेंचर्स प्रालि नियुक्त भएको छ ।
शंघाई लन्च अटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रीमियम एसयूभी एलईभी ०१ नेपालमा छिट्टै आउने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी –०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एल ई भी –०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ ।
यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५०० प्लस किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ ।