एसईईको नतिजा भोलि बिहान आउने

<p>काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशन गरिने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने भनिए पनि केही प्राविधिक तयारी नपुगेकाले एक दिन पर सारिएको हो । परीक्षाफल सार्वजनिक गर्न बिहीबार बिहान ७ बजे बोर्ड बैठक डाएिको छ । गत १५ चैत्रदेखि २७ चैतसम्म एसईई परीक्षा सञ्चालन भएको थियो । परीक्षामा [&hellip;]</p>

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशन गरिने भएको छ ।

आजै नतिजा सार्वजनिक गर्ने भनिए पनि केही प्राविधिक तयारी नपुगेकाले एक दिन पर सारिएको हो ।

परीक्षाफल सार्वजनिक गर्न बिहीबार बिहान ७ बजे बोर्ड बैठक डाएिको छ । गत १५ चैत्रदेखि २७ चैतसम्म एसईई परीक्षा सञ्चालन भएको थियो ।

परीक्षामा देशभरिका ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए ।

Share News