सुनको मूल्य तोलामा २७ सयले घट्यो

<p>काठमाडौं । स्थानीय बजारमा आइतबार पहेँलो धातुको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा आइतबार पहेँलो धातुको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

Share News