काठमाडौं । स्थानीय बजारमा आइतबार पहेँलो धातुको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रुपैयाँ निर्धारण भएको छ ।