राजनीतिक दल नियन्त्रण गर्ने प्रयास, समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड

<p>काठमडौं १०, माघ । सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि ५ प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ। साना दल थ्रेसहोल्डको विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो। शीर्ष तथा दोस्रो तहका नेतासँग छलफलपछि सोमबार अन्तिम प्रतिवेदन दिने तयारीमा उपसमिति रहेको राज्यव्यवस्था [&hellip;]</p>

काठमडौं १०, माघ । सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि ५ प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ।
साना दल थ्रेसहोल्डको विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो।
शीर्ष तथा दोस्रो तहका नेतासँग छलफलपछि सोमबार अन्तिम प्रतिवेदन दिने तयारीमा उपसमिति रहेको राज्यव्यवस्था समिति सदस्य तथा एमाले सांसद रामेश्वर फुयाँलले जानकारी दिए।
‘आगामी निर्वाचनमा ५ भन्दा तल र ३ भन्दा माथि थ्रेसहोल्ड कायम हुन्छ,’ फुयाँलले भने, ‘अहिलेसम्म यहीबीच राख्नुपर्ने आवाज उपसमितिमा उठेको छ।’

Share News