चितवन । चितवनको कालिका नगरपालिका, खोलेसिमल बजारमा शनिबार राति सुनचाँदी पसलमा लुटपाट भएको छ ।
स्थानीय बिनोद सुनारले सञ्चालन गरेको बिनोद सुनचाँदी पसलमा हतियार देखाएर राति ८ बजेतिर लुटपाट भएको प्रहरीले जनाएको छ ।
लुटेरा समूहले पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैयाँ चोरी गरेको छ ।
लुटपाटको विषयमा अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । सुनचाँदी लुटपाट गर्ने लुटेरा समूहले सीसीटीभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको छ ।