सरकारले माग्यो मोबाइल बैंकिङको ठोस योजना, सहायक कम्पनी खोल्ने एनसेलको तयारी

<p>काठमाडौं, ७ माघ । सरकारले प्रबिधी मैत्री बैंकिङ सेवा विस्तार गर्न भन्दै मोबाइल बैंकिङ सर्भिसको ठोस योजना मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयको उच्च व्यवस्थापन समुह(एसएमटी)को माघ २ गते बसेको बैठकले नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग मोबाइल बैंकिङको ठोस योजना माग्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार मन्त्रालयको संस्थान प्रशासन शाखाले [&hellip;]</p>

mobile-bankingकाठमाडौं, ७ माघ । सरकारले प्रबिधी मैत्री बैंकिङ सेवा विस्तार गर्न भन्दै मोबाइल बैंकिङ सर्भिसको ठोस योजना मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयको उच्च व्यवस्थापन समुह(एसएमटी)को माघ २ गते बसेको बैठकले नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग मोबाइल बैंकिङको ठोस योजना माग्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार मन्त्रालयको संस्थान प्रशासन शाखाले माघ ३ गते नै प्राधिकरण र नेपाल टेलिकमलाई पत्र लेखेर ठोस योजना पेश गर्न निर्देशन दिएको छ ।

‘एसएमटी बैठकको निर्णय अनुसार माघ ३ गते नै पत्र लेखेर दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई माघ ९ गते आइतबार बस्ने बैठकमा उपस्थित हुन पत्र पठाएका छौं’, सूचना तथा सञ्चार मन्त्रालयको संस्थान प्रशासन शाखाका एक अधिकारीले विकासन्युजसँग भने ।

नेपाल दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुले सहायक कम्पनी खडा गरेर मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । एनसेलले सहायक कम्पनी खडा गरेर मोबाइल बैंकिङ सेवा सञ्चालनका लागि अनुमति मागेको पनि उनले जानकारी दिए ।

उता, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले हाललाई लिमिटेड बैंकिङ सर्भिस मात्रै मोबाइल बैंकिङका रुपमा सञ्चालनमा रहेको बताए । उनले प्रबिधी, त्यसको सुरक्षा र उपभोक्ताको अवस्था हेरेर मोबाइल बैंकिङलाई विस्तार गर्न सकिने पनि बताए । ‘एजेण्ट नियुक्त गरिएको हुन्छ, उसलाई सानो तिनो रकम खर्च गर्ने अख्तियार दिएको हुन्छ । पैसा जम्मा गर्ने, भुक्तानी गर्ने लगायतका थोरै अधिकार प्रत्याभुत गरिएको छ’ प्रवक्ता पौडेलले भने ।

नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले हाल बैंकहरुले दुर सञ्चार कम्पनीसँग सट कोर्ड लिएर सिमित सर्भिस दिईरहेको बताए । ‘बैंकहरुले एसएमएस बैंकिङ सञ्चालन गरिरहेका छन तर त्यो एक्चुअल मोबाइल मनि सर्भिस भने होइन । अब त्यता पनि जानु आवश्यक छ’ टेलिकमका सहायक प्रवक्ता अधिकारीले भने ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालीङले आफुहरुले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ सुरु गरेको तर त्यसलाई अपेक्षाकृत गतिमा अघि लैजान भने नसकेको बताए ।‘नेपालमा मोबाइल बैंकिङको सुभारम्भ लक्ष्मी बैंकले नै गरेको हो तर पुर्वाधार र चेतनाको अभावमा त्यसलाई उच्चस्तरमा लैजान सकिएको छैन्’ खालिङले विकासन्युजसँग भने । हाल नेपालमा ब्यालेन्स इन्क्वायरी, चेक इस्यु र रिक्वेस्ट पठाउने सेवा मोबाइल बैंकिङ मार्फत उपलब्ध गराइएको पनि उनले जानकारी दिए ।

उनी भन्छन‘ मोबाइलमै खाता हुने व्यवस्था छ, मोबाइल खाताबाट पैसा पठाउन सकिन्छ । कसैले आफ्नो मोबाइलबाट पैसा पठाउन सक्छ र उसको आफन्तले प्राप्त गर्ने एउटा कोड नम्बर प्रयोग गरेर हाम्रा एटिएमहरुबाट रकम निकाल्न सक्छन ।’ खालिङले भने । यस्तो सर्भिस लक्ष्मी बैंकले एक बर्षअघि देखि सञ्चालनमा ल्याएको पनि उनले जानकारी दिए ।

मन्त्रालयले मोबाइल बैंकिङको मोडालिटी, सुरक्षा प्रबन्ध, पहुँच विस्तार लगायतका सवालमा ठोस योजना बनाउन दुर सञ्चार सेवाको नियामक निकाय प्राधिकरण र सरकारी सेवा प्रदायक कम्पनी टेलिकमलाई पत्राचार गरेको हो । सरकारी कम्पनी मार्फत भरपर्दाे र विश्वस्तरिय मोबाइल बैंकिङ सर्भिस विस्तार गर्ने सोँच मन्त्रालयले बनाएको छ ।

Share News