भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका तत्कालीन इञ्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल

<p>काठमाडौं । लुम्बिनी विकास कोषका तत्कालीन इन्जिनियर सरोज भट्टराई पदीय दुरुपयोग गरी अकुत सम्पत्ति (गैरकानुनी सम्पत्ति) आर्जन गरेको अभियोगमा विशेष अदालतले ६ वर्ष कैद हुने फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैदको फैसला सजाय तोकेको हो। कोषका योजना प्रमुखसमेत रहेका उनीबाट [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास कोषका तत्कालीन इन्जिनियर सरोज भट्टराई पदीय दुरुपयोग गरी अकुत सम्पत्ति (गैरकानुनी सम्पत्ति) आर्जन गरेको अभियोगमा विशेष अदालतले ६ वर्ष कैद हुने फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैदको फैसला सजाय तोकेको हो।

कोषका योजना प्रमुखसमेत रहेका उनीबाट अदालतले ८० लाख बिगो असुल्नुपर्ने ठहर गरेको छ । कोषसँग सम्बन्धित ठेक्काको काम पाएको ठेकेदारसँग घुस लिएको अभियोगमा अख्तियारले उनीविरुद्ध २५ चैत, २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले घुस बापतको रकमले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना अनि २ आना जग्गा खरिद गरेको दाबी गरेको थियो ।

अख्तियारको छानबिनका क्रममा जग्गा बेच्ने जग्गाधनीको खातामा ठेकेदारले ८० लाख रुपैंया राखिदिएको र उक्त पैसाले भट्टराईले आमाको नाममा जग्गा खरिद गरेको तथ्य खुलेको थियो ।

अख्तियारको अनुसन्धानले ८० लाख घुसबापतको पैसा राखिदिने ठेकेदारले लुम्बिनी विकास कोषबाट विभिन्न निर्माणसम्बन्धी काम पाएको समेत देखाएको छ ।

अदालतले विगो जफत गरी ६ वर्ष जेल सजाय तोकेको हो ।

Share News