नेपालका ८०९ वडाका स्वास्थ्य संस्थामा मात्र सर्पदंश सेवा उपलब्ध

<p>काठमाडौं । पछिल्लो समय देशभरि गर्मी बढेको छ । गर्मीयाममा सर्प डसाइकाे जोखिम बढी हुन्छ । तराईदेखि हिमाल, पहाड जुनसुकै स्थानमा सर्पले मानिसलाई डस्छ ।  सर्पको डसाइबाट धेरैकाे मृत्यु हुने गरेकाे तथ्यांकले पनि देखाउँछ ।  अन्य समयभन्दा गर्मीमा सर्पले डसेका बिरामीको अस्पतालमा बढी भीड लाग्छ । तर, नेपालमा सर्पले डसेका नागरिकले समयमै उपचार पाउँदैनन् । जसका [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय देशभरि गर्मी बढेको छ । गर्मीयाममा सर्प डसाइकाे जोखिम बढी हुन्छ । तराईदेखि हिमाल, पहाड जुनसुकै स्थानमा सर्पले मानिसलाई डस्छ ।  सर्पको डसाइबाट धेरैकाे मृत्यु हुने गरेकाे तथ्यांकले पनि देखाउँछ ।  अन्य समयभन्दा गर्मीमा सर्पले डसेका बिरामीको अस्पतालमा बढी भीड लाग्छ ।

तर, नेपालमा सर्पले डसेका नागरिकले समयमै उपचार पाउँदैनन् । जसका कारण उनीहरूले अकालमै ज्यान गुमाउन पुग्छन् । अहिले काठमाडाैंका  टेकु लगायत अन्य अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढिरहेकाे छ । बर्सेनि विश्वमा २० लाख मानिसको मृत्यु सर्पको डसाइबाट हुने तथ्यांकले देखाउँछ ।

नेपालमा पनि सर्पको डसाइबाट बर्सेनि तीन हजार बढीले  ज्यान गुमाउँछन् । तर, यसको उपचार भने सहज छैन । नेपालको जनगणना २०७८ को तथ्यांकले नेपालका ८०९ वटा वडाका स्वास्थ्य संस्थामा मात्र सर्पदंशको उपचार हुने देखाएकाे छ । बाँकी वडाका स्वास्थ्य संस्थामा यसको उपचार छैन । जनगणानाअनुसार १२ प्रतिशत नागरिकले सर्पदंश सेवा लिएका छन् ।

नागरिकले स्वास्थ्य संस्थाबाट अन्य सेवाभन्दा बढी खोप सेवा लिने गरेको पाइएको छ । सरकारले स्वास्थ्य संस्थामा उपलब्ध गराउने विभिन्न सुविधामध्ये नागरिकले धेरै खोप सेवा पाउने गरेको तथ्यांकले देखाएकाे छ ।

नेपालको जनगणना २०७८ मा संकलन गरिएको विवरणअनुसार ७ सय ५३ वटा स्थानीय तहमा रहेका ६ हजार ४ सय १८ वडाबाट ९५.२ प्रतिशतले खोप सेवा लिएका छन् ।

प्रदेशगत हिसाबमा हेर्दा कोशी प्रदेशका वडामा सबैभन्दा बढी खोप सेवा लिएको पाइएको छ भने कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका वडामा ९५ प्रतिशतले खोप लिएको पाइएको छ । यस्तै कर्णाली प्रदेशमा ९२.८ प्रतिशत वडामा नागरिकले खोप सेवा लिएको पाइएको छ ।

यस्तै, अन्य सेवामध्ये प्रसुतिपछिको स्वास्थ्य सेवा ६० प्रतिशत, निःशुल्क औषधी वितरण सेवा ८४.४ प्रतिशत, रेबिज उपचार भ्याक्सिन सेवा १७.४ प्रतिशत, सर्पदंश उपचार सेवा १२ प्रतिशत, पोषण सेवा ८५.७ प्रतिशतले लिएका छन् ।

यसैगरी आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा २४.४ प्रतिशत, सामान्य आकस्मिक ७७ प्रतिशत, मेलेरियाको औषधी उपचार सेवा ४६.५ प्रतिशत, झाडापखालाको औषधी उपचार सेवा ८९.४ प्रतिशत, स्वास्थ्य प्रावधन सेवा ८१.१ प्रतिशत, खोप सेवा ९५.२ प्रतिशत, परिवार नियोजन सेवा ५६ प्रतिशत, प्रसुति सेवा सुविधा ४९.९६ प्रतिशत, गर्भावस्थाको परामर्श तथा गर्भावस्थाको स्वास्थ्य सेवा ८१.२ प्रतिशतले  लिएकाे तथ्यांकले देखाएकाे छ ।

Share News