जहाँ प्रतिबन्धित भयो फेसबुक, नेपालमा प्रतिबन्ध लगाए के होला ?

<p>काठमाडौं ७, माघ । पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै बढेको छ। नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाउने हो भने सानोतिनो आन्दोलन नहोला भन्न सकिन्नँ। तर विश्वमा यस्ता देश छन् जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ। केही यस्ता देशमा फेसबुकमाथि लगाइएको प्रतिबन्ध केही समयपछि हटाइएको पनि छ। तर अझै पनि केही देशहरू छन् जहाँ फेसबुक चलाउन पाइन्न। [&hellip;]</p>

facebookकाठमाडौं ७, माघ । पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै बढेको छ। नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाउने हो भने सानोतिनो आन्दोलन नहोला भन्न सकिन्नँ। तर विश्वमा यस्ता देश छन् जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ।

केही यस्ता देशमा फेसबुकमाथि लगाइएको प्रतिबन्ध केही समयपछि हटाइएको पनि छ। तर अझै पनि केही देशहरू छन् जहाँ फेसबुक चलाउन पाइन्न।

दक्षिण एसियाली देश पाकिस्तानमा पनि फेसबुकमाथि प्रतिबन्ध लगाइउको थियो। सन्२०१० मा जब फेसबुकमा धार्मिक गुरू पैगम्बर मोहम्बदको नाममा एउटा फेसबुक पेज बन्यो तब पाकिस्तान सरकारले पाकिस्तानमा फेसबुक बन्द गर्ने निर्णय गर्‍यो।

दुई साता लागेको प्रतिबन्ध फुकुवा भए पनि कुनै पनि धार्मिक पेज बनाउन नपाउने भयो। यस्तै उत्तर कोरिया, चीन, क्युवागायतको देशमा फेसबुक प्रतिबन्ध रहेको छ । नयाँ पत्रिका दैनिकबाट ।

Share News