नेपाल एसबिआइ बैंककाे साधारणसभा माघ २७ गते, २२ गतेसम्मका सेयरधनीलार्इ २८ प्रतिशत बाेनस सेयर

<p>काठमाडौं, ६ माघ । नेपाल एसबिआइ बैंकले माघ २७ गते साधारणसभा बाेलाएकाे छ ।  गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २८ प्रतिशत वोनस सेयर दिने भएको छ । साथै बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । साधारणासभा र बाेनस सेयर वितरण प्रयाेजतकाे लागि बैंकले माघ २३ गतेदेखि २७ [&hellip;]</p>

काठमाडौं, ६ माघ । नेपाल एसबिआइ बैंकले माघ २७ गते साधारणसभा बाेलाएकाे छ ।  गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २८ प्रतिशत वोनस सेयर दिने भएको छ । साथै बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

साधारणासभा र बाेनस सेयर वितरण प्रयाेजतकाे लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म शेयर दाखिला खारेज बन्द गरेकाे छ । २२ गतेअघि सेयर स्वामित्वमा रहेका सेयर धनीले मात्र उल्लेखित बाेनस पाउने भएका छन् ।

हाल बैकको ३ अर्ब ८८ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । उक्त बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९६ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

साधारणासभामा बैंकका अध्यक्षलार्इ प्रति बैठक १५ हजार र सञ्चालकलार्इ प्रतिबैठक १२ हजार भत्ता र समाचार सामाग्रीकाे लागि मासिक १५ हजार भत्ता दिने विशेष प्रस्ताव पेश गरिने भएकाे छ ।

Share News