अब फोरजी सेवा देशैभर, माघ २२ देखि प्रीपेडमा पनि फोरजी

<p>काठमाडौं ६, माघ । संसदको विकास समितिले एक वर्षभित्रै देशैभर चौथो पुस्ताको इन्टरनेट सेवा फोरजी पुर्‍याउन निर्देशन दिएको छ। समितिले दुर सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट अनुमति पाएको एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्न निर्देशन दिएको हो। विकास समितिको निर्देशनपछि आगामी असोज १५ भित्र टेलिकमले आफ्ना पोष्टपेड ग्राहकलाई देशैभरी फोरजी सेवा दिनुपर्ने [&hellip;]</p>

4g-300x187काठमाडौं ६, माघ । संसदको विकास समितिले एक वर्षभित्रै देशैभर चौथो पुस्ताको इन्टरनेट सेवा फोरजी पुर्‍याउन निर्देशन दिएको छ।

समितिले दुर सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट अनुमति पाएको एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्न निर्देशन दिएको हो।

विकास समितिको निर्देशनपछि आगामी असोज १५ भित्र टेलिकमले आफ्ना पोष्टपेड ग्राहकलाई देशैभरी फोरजी सेवा दिनुपर्ने बाध्यता आइपरेको छ।

नेपाल टेलिकमको आगामी माघ २२ गतेबाट प्रीपेडमा पनि फोरजी सेव दिने भएको छ । टेलिकमको वार्षिकोत्सव पारेर यस्तो सेवा सुरुवात गर्न लागिएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिएकी छन् ।

उनका अनुसार पुस १७ गतेबाट सुरु गरिएको प्रोस्टपेड मोवाइलमा मात्रै सपोर्ट गर्ने फोरजी सेवा हालसम्म ४० हजारमा विस्तार भैसकेको छ । अबको एकदुई महिनाभित्रै आइफोनमा पनि फोरजी सेवा संचालन गरिने जानकारी टेलिकमले दिएको छ । अन्नपूर्ण पोस्टबाट ।

Share News