औषधी व्यवसायीको चेतावनी : बिना कारण सामग्री जफत गर्ने हो भने आन्दोलनमा उत्रिन्छौँ

<p>काठमाडौं । कानूनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधी व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा उनीहरुले औषधी व्यवस्था विभागमा दर्ता भएका औषधिहरु बेच्दा पनि मेडिकल व्यवसायीहरुको औषधी जफत गरिएकोप्रति आपत्ति जनाएका हुन् । नेपाल औषधी थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने [&hellip;]</p>

काठमाडौं । कानूनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधी व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा उनीहरुले औषधी व्यवस्था विभागमा दर्ता भएका औषधिहरु बेच्दा पनि मेडिकल व्यवसायीहरुको औषधी जफत गरिएकोप्रति आपत्ति जनाएका हुन् । नेपाल औषधी थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने भन्दै औषधि विभागले कुनै जानकारी नदिइ भ्याट तिरेर ल्याएको सामान जफत गर्नुले औषधि व्यवसायीहरु ताल्चा लगाएर आन्दोलनमा उत्तिनुपर्ने अवस्था आउने बताए ।

उनले औषधी विभागले पनि अनुगमन गर्ने र महानगरले पनि अनुगमन गर्ने गरिरहेको भन्दै क्षेत्राधिका कसको पर्छ ? भन्दै प्रश्न गरे । उनले औषधी अनुगमनको क्षेत्र महानगरुको पर्छ की पर्दैन भन्ने प्रश्न गरे ।

‘औषधी व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत गर्न पाइन्छ । पसल भित्र अर्को कुराको व्यापार भयो भने त्यो स्वीकार्य छ । विभागले हाम्रा साथीहरुको सामान जफत भएको छ । महानगरको कार्यक्षेत्र औषधि क्षेत्रमा पर्छ की पर्दैन । यस्तै स्थिति रह्यो भने पसल बन्द गर्नुपर्ने स्थिति आउँछ’, उनले भने ।

यता, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी ऐनले कुनैपनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गरे । उनले विभागका कर्मचारीहरुले अनुगमनका क्रममा फार्मेसीहरुमा बेच्न पाइने बाहेकका औषधिहरु राखेको भएमात्रै जफत गरेको बताए । फार्मेसीमा व्यवसायी नहुने बित्तिकै तालाचाबी लगाइदिने कुरा हुनु नहुने र त्यसमा विभागले ध्यान दिने जानकारी दिए ।

‘औषधी ऐनले कुनैपनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेको छ । पेशा व्यवसाय गर्नको लागि व्यवसायीको व्यवस्था गरेको छ । त्यो फार्मासिस्ट होला वा व्यवसायी होला । व्यवसायी बसेर त्यो काम गर्छ भनेरै राखिएको हो । कतै पनि निरीक्षणका क्रममा ताल्चा जानेबित्तिकै लगाउनुभएको छैन । औषधी बेच्ने बनेको फर्ममा अन्य वस्तु राखेको भए त्यो हामीले छोड्न मिल्दैन’, उनले भने ।

उनले औषधी बेच्ने बनेको ठाउँमा अन्य वस्तु राखेर बेचेको पाए कानूनले नछोड्ने बताए ।

Share News