३६ लाखको सिट्रोनको ई-सी थ्री साइन नेपालमा सार्वजनिक

<p>काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले आइतबार ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपाली बजारमा सार्वजनिक गरेको हो । ई सीथ्री साइनको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अहिले आयात भएको [&hellip;]</p>

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले आइतबार ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

ई सीथ्री साइनको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अहिले आयात भएको अन्तिम स्टिकसम्म मूल्य परिवर्तन नहुने कम्पनीले जनाएको छ ।

उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिट्रोन ई–सी३ साइन, कार उत्साहीहरूका लागि उपयुक्त विकल्प हुनेछ, जसले स्टाइल र फिचर दुवैलाई महत्व दिने कम्पनीको विश्वास छ ।

यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विलहरू र इलेक्ट्रिकल ओआरभीएमहरू जस्ता नयाँ सुविधाहरू सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

सिट्रोनको ई–सी३ साइनले विद्युतीय गाडीको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्नेछ । नयाँ सिट्रोन ई–सी३ साइनसँग नवप्रवर्तन, आराम र किफायतीताको उत्तम मिश्रणको अनुभव लिन सकिने कम्पनीको भनाइ छ ।

Share News