प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली योजना र ठेकेदार खडा गरी सरकारी रकमको हानीनोक्सानी गरेको अभियोगमा अख्तियारले चौधरीसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली योजना र ठेकेदार खडा गरी सरकारी रकमको हानीनोक्सानी गरेको अभियोगमा अख्तियारले चौधरीसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरेर २ लाख ७५ हजार रुपैयाँ राज्यकोष दुरुपयोग गरेको आरोप अख्तियारले लगाएको छ ।

Share News