माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

<p>काठमाडौं । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । जेठ १७ बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई बिहीबारदेखिनै लागू हुने गरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव सुभाष जम्मकटेलले बताए । कम्पनीका अनुुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । जेठ १७ बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई बिहीबारदेखिनै लागू हुने गरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव सुभाष जम्मकटेलले बताए ।

कम्पनीका अनुुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको हो ।

Share News