काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सवा ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बराबरको रकम विनियोजन गरिएको बताएका हुन् ।
साथै, उनले बीमा कार्यक्रमका लागि साढे ७ अर्ब रुपैयाँ छुट्याएका छन् ।