काठमाडौं । सरकारले खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनीक गरेको बजेटमा पशुपंक्षीको महामारी रोग नियन्त्रणका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने उल्लेख छ ।
यस्तै आगामी ३ वर्ष भित्र पीपीआर र क्लासिकल स्वाइन फीवर रोग उन्मुलन गर्ने गरी नि:शुल्क खोप अभियान सञ्चालन गरिने छ । खोरेत रोग नियन्त्रण गर्न सघन खोप कार्यक्रम सञ्चलन गरिने जनाइएको छ ।