सान्जेन जलबिद्युत् कम्पनीको साधारण सेयर निश्काशन हुँदै, सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा लगानी कोष नियुक्त

<p>काठमाडौं, २ माघ । सान्जेन जलबिद्युत् कम्पनी लिमिटेड र नागरिक लगानी कोषबीच सेयर निस्कासन सम्झौता भएको छ । आइतबार भएको सम्झौतामा सान्जेनको सेयर निस्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन । कम्पनीले पहिलो चरणमा समुह ‘ग’ का क्रणदाता कर्मचारीको लागि छुट्टयाइएको [&hellip;]</p>

काठमाडौं, २ माघ । सान्जेन जलबिद्युत् कम्पनी लिमिटेड र नागरिक लगानी कोषबीच सेयर निस्कासन सम्झौता भएको छ । आइतबार भएको सम्झौतामा सान्जेनको सेयर निस्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

cit--sanjenकम्पनीले पहिलो चरणमा समुह ‘ग’ का क्रणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिसत र समूह ‘घ’ अन्तरगतका कर्मचारी संचय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिसतले हुन आउने प्रतिकित्ता सयको दरले ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्ने सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवाले जानकारी दिए ।

हस्ताक्षर कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले आर्थिक विकासका लागि जलविद्युत् आवश्यक भएको धारणा राखे । उनले कोषले यो भन्दा अघि माथिल्लो तामाकोशी, जलविद्युत् लगानी तथा बिकास कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैकको एफपिओ जारी गरी सकेको बताए ।

त्यसैगरी सान्जेनका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भूकम्प, नाकाबन्दी लगायतका कारणले सेयर निस्कासनमा केही ढिलाई भएको बताएका थिए । कार्यक्रममा कोषका तर्फबाट मुख्य ब्यवस्थापक शुसिल कुमार अर्याल, सेयर शाखा प्रमुख तथा उपब्यवस्थापक रोशनजंग कार्की, कानुन अधिकृत सुमन पौडेल तथा दिपेन्द्रसिंह अधिकारी र सान्जेनको तर्फबाट प्रमुख बित्त अधिकृत सशान्त बास्तोला लगायतका प्रतिनिधि सहभागी रहेका थिए ।

Share News