काठमाडौं, २ माघ । गण्डकी विकास बैंक र फेवा विकास बैंकबीच मर्जर प्रस्ताव पारित भएको छ । शनिबार सम्पन्न गण्डकी विकास बैंकको विशेष साधारणसभाले दुई संस्थाबीच एक आपसमा मर्जर गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
साथै सोही दिन फेवा विकास बैंकको नबौ बार्षिक साधरण सभावाट समेत मर्जर प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । उक्त सभाले फेवा विकास बैंकसँग मर्ज प्रयोजनको लागी शेयर स्वाप अनुपात एक बराबर एक हुने प्रस्तावलाई समेत पारित गरेको छ ।
सोही सभाले मर्जर पश्चात गठन हुने संचालन समितिमा प्रतिनिधित्व संचालकहरु चयन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ । यस पश्चात बैंकले अन्तिम स्वीकृतिको लागी राष्ट्र बैंक समक्ष निवेदन पेश गर्नेछन् र चाडै नै संयुक्त कारोवार हुनेछ ।
उक्त बैंक सँग मर्जर पश्चात बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड कायम हुने छ । मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख रुपैयाँ मात्र पुग्ने छ । साथै, बैंकको कुल शाखा संख्या ५० र ए.टि.एम संख्या २० पुग्ने छ ।