काठमाडौं २, माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपिओमा १० गुणाभन्दा बढिको आवेदन पर्ने अनुमान गरिएको छ । एफपिओ खरिद गर्नेका माग अत्यधिक रहेकोले यस्तो अनुमान गरिएको हो ।
एफपिओमा १० गुणा भन्दा बढि आवेदन पर्ने अनुमान गरिएको नेपाल लाइफ इन्स्योरेन्सका सीईओ विवेक झाले बताए । उनका अनुसार खुलेको तीन दिनमै १५ अर्ब रुपैयाँ भन्दा बढिको सेयरमा माग गर्दै आवेदन परेको छ ।
दिन आइतबारसम्म २५ अर्ब पुग्ने अनुमान गरिएको छ । एफपिओ आजबाट बन्द हुने भएको छ। बन्द हुनेदिनसम्म करिब ४० अर्बको रुपैयाँको आवेदन पर्ने अनुमान गरिएको पनि कम्पनीले जानकारी दिएको छ । यो कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एफपिओ निष्कासन गरेको छ ।