व्यवसाय विस्तारमा पौने ३ खर्ब लगानी थप्दै महिन्द्रा

<p>काठमाडौं । ख्यातिप्राप्त सवारीसाधन उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले विभिन्न मोडेलका सवारीसाधन उत्पादन बढाउन थप पौने ३ खर्ब लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले सन् २०३० सम्ममा नयाँ मोडेलका पेट्रोल र डिजेलबाट चल्ने ९ एसयूभी, ७ वटा विद्युतीय सवारी र ७ वटा हलुका कमर्सियल गाडी उत्पादन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले [&hellip;]</p>

काठमाडौं । ख्यातिप्राप्त सवारीसाधन उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले विभिन्न मोडेलका सवारीसाधन उत्पादन बढाउन थप पौने ३ खर्ब लगानी गर्ने घोषणा गरेको छ ।

कम्पनीले सन् २०३० सम्ममा नयाँ मोडेलका पेट्रोल र डिजेलबाट चल्ने ९ एसयूभी, ७ वटा विद्युतीय सवारी र ७ वटा हलुका कमर्सियल गाडी उत्पादन गर्ने योजना बनाएको छ ।

यसका लागि कम्पनीले सन् २०२५ देखि २०२७ सम्म अटोमोबाइल व्यवसायमा २ खर्ब ७० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

कम्पनीले आगामी तीन वर्षमा उक्त परिमाण बराबर लगानी गर्नेछ । त्यसतै ५ खर्ब रुपैयाँ कृषि व्यवसाय र सेवा व्यवसायमा लगानी गरिने छ ।

महिन्द्रा एन्ड महिन्द्रा सञ्चालक समितिले ईभी कम्पनी महिन्द्रा इलेक्ट्रिक अटोमोबाइलमा १ खर्ब २० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । कम्पनीले यो रकम आगामी तीन वर्षभित्र ईभी निर्माणमा खर्च गर्ने छ ।

महिन्द्राका कार्यकारी निर्देशक तथा अटोमोटिभ तथा कृषि क्षेत्र हेर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेश जेजुरीकरले महिन्द्राले पूर्णरूपमा विकास गरेको पहिलो ईभी सन् २०२५ को पहिलो त्रैमासिकमा सडकमा आउने बताए ।

उनले २०२७ सम्ममा कम्पनीको कुल बिक्रीमा विद्युतीय सवारीसाधनको हिस्सा २० देखि ३० प्रतिशत पुग्ने बताए ।

ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले १२ अर्ब र टेमासेकले महिन्द्राको ईभी युनिटमा ३ अर्ब रुपैयाँ लगानी गरेको छ ।

टेमासेकले गत वर्ष अगस्टमा कम्पनीमा १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । महिन्द्राले बाँकी ९ अर्ब रुपैयाँ पनि तोकिएको समयभित्र लगानी गर्ने बताएको छ ।

ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले २०२२ मा अनिवार्य रूपान्तरणीय लगानी उपकरणहरूमार्फत कम्पनीमा ७ खर्ब ७० करोडमध्ये १९ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । योसँगै महिन्द्रा इलेक्ट्रिक अटोमोबाइलमा यसको सेयर २।७५ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुग्न सक्ने छ ।

महिन्द्राले नतिजा घोषणा गर्दा आफू र यसको अटो युनिटले पूँजी लगानी आवश्यकताहरू पूरा गर्न पर्याप्त परिचालन नगद उत्पादन गर्ने अपेक्षा गरेको बताएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ अनिश शाहले महिन्द्रा र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले बाँकी ७ अर्ब २५ करोड रुपैयाँ आवश्यक पर्ने विषयमा छलफल भइरहेको बताए ।

अबको ६/७ महिनामा यस सम्बन्धमा निर्णय हुनेछ । उनले भने, ‘महिन्द्रा र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले ७ अर्ब २५ करोड रुपैयाँ लगानीको म्याद थप गर्न आपसी सहमति जनाएका छन् र दुवैले ३१ डिसेम्बर २०२४ सम्म थप लगानी आवश्यक पर्ने वा नपर्ने भनेर विचार गर्नेछन् ।’

सीईओ शाहले ईभीको मार्जिन पनि पेट्रोल र डिजेल इन्जिन भएका गाडीको जस्तै हुने बताए । ईभीमा मार्जिन प्रारम्भिक चरणमा कम हुनेछ तर पछि बढ्ने छ । तर, महिन्द्रा इलेक्ट्रिक अटोमोबाइल कम्पनी कहिले नाफामा हुन्छ भन्ने उनले बताएनन् ।

कम्पनीले नयाँ सवारीसाधन लन्च गर्ने क्षमता बढाउने र अघिल्लो २ लाख २० हजार युनिट गाडीको अर्डर पूरा गर्ने कुरामा निरन्तर जोड दिइरहेको छ ।

जेजुरीकरले आर्थिक वर्ष २०२० सम्म कम्पनीले हरेक महिना १९ हजार एसयूभी बनाएको बताए । जुन संख्या बढेर अहिले मासिक ४९ हजार पुगेको छ ।

आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा प्रतिमहिना ४९ हजार सवारी साधन र आगामी वर्ष ७२ हजार सवारी साधन उत्पादन क्षमता बढ्ने छ ।

जेजुरीकरले आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा हरेक महिना १० हजार विद्युतीय सवारी साधन पनि उत्पादन गर्ने र आगामी वर्ष विद्युतीय सवारी साधनको उत्पादन क्षमता प्रतिमहिना ८ हजार पुर्‍याउने स्पष्ट पारे ।

महिन्द्राले हरेक महिना ९ हजार एक्सयुभी ३एक्सओ बनाउन सक्छ र यदि आवश्यक भएमा यसको क्षमता प्रतिमहिना साढे १० हजार सवारीसाधन बनाउन सक्ने छ ।

कम्पनीले वित्तीय वर्ष २०२५ देखि २०२७ सम्म २ खर्ब ७० अर्ब रुपैयाँ कुल लगानी गर्ने योजना बनाएको छ ।

जसमध्ये ८५ अर्ब डिजेल/पेट्रोलबाट चल्ने एसयूभीहरूमा खर्च गरिने छ । व्यावसायिक सवारीसाधन (ईभी, ट्रक र बस) मा ४० अर्ब लगानी हुनेछ ।

आर्थिक वर्ष २०२४ मा अटो व्यवसायको आम्दानी ४३.१ प्रतिशतको चक्रवृद्धि दरले बढेको छ । एजेन्सी

Share News